मत्ती 10:40-42
मत्ती 10:40-42 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ। अगमवक्तालाई अगमवक्ता नै मानेर ग्रहण गर्नेले अगमवक्ताको इनाम पाउनेछ। धर्मी जनलाई धर्मी जन नै मानेर ग्रहण गर्नेले धर्मी जनको इनाम पाउनेछ। जसले यी सानाहरूमध्ये एउटालाई मेरो चेला मानेर एक कचौरो चिसो पानी मात्र भए पनि पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु, त्यसले आफ्नो इनाम कदापि गुमाउनेछैन।”
मत्ती 10:40-42 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“जसले तिमीहरूलाई ग्रहण गर्दछ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्दछ, उसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ। जसले अगमवक्तालाई अगमवक्ताको रूपमा ग्रहण गर्दछ, त्यसले अगमवक्ताको इनाम पाउनेछ; अनि जसले धर्मी मानिसलाई धर्मी मानिसको रूपमा ग्रहण गर्दछ, त्यसले धर्मी मानिसको इनाम पाउनेछ। यदि कसैले यी सानाहरूमध्ये एक जनालाई मेरो चेला हो भनी एक गिलास चिसो पानी दिन्छ भने म तिमीहरूलाई साँच्चै भन्दछु, निश्चय नै उसले आफ्नो इनाम गुमाउनेछैन।”
मत्ती 10:40-42 पवित्र बाइबल (NERV)
“तिमीहरूलाई जसले ग्रहण गर्छ मलाई पनि ग्रहण गर्दछ। अनि जसले मलाई ग्रहण गर्छ मलाई पठाउनेलाई पनि ग्रहण गर्दछ। अगमवक्तालाई भेट्ने उसलाई स्वागत गर्नेले असल मानिस भएको कारणले इनाम पाउँछ। एउटा असल मानिसलाई भेटेर उसलाई स्वागत गर्नेले ऊ असल मानिस भएको कारणले उसले असल मानिसको इनाम पाउँछ। यदि कसैले मलाई पछ्याउनेले यी सानाहरू मध्ये कसैलाई सहायता गर्ला, उसले आफ्नो इनाम पाउनेछ। त्यस मानिसले एक मात्र दिए पनि मबाट ठूलो इनाम पाउनेछ।”
मत्ती 10:40-42 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“तिमीलाई स्वागत गर्नेले मलाई स्वागत गर्छ र मलाई स्वागत गर्नेले मलाई पठाउनुहुनेलाई नै स्वागत गर्छ। अगमवक्तालाई ‘अगमवक्ता हुन्’ भनेर स्वागत गर्नेले अगमवक्ताकै जस्तो इनाम पाउनेछ। त्यसरी नै परमेश्वरको अघि धर्मी ठहरिएको मानिसलाई स्वागत गर्नेले उसकै जस्तो इनाम पाउनेछ। कसैले सानोभन्दा सानोलाई मेरो चेला हो भनेर एक गिलास चिसो पानी मात्र पिउन दियो भने पनि उसले साँच्चै इनाम पाउनेछ।”