मत्ती 10:1-4

मत्ती 10:1-4 NNRV

उहाँले आफ्‍ना बाह्र चेलाहरूलाई बोलाएर अशुद्ध आत्‍माहरू निकाल्‍ने र हरप्रकारका रोग र दुर्बलता निको पार्ने अधिकार तिनीहरूलाई दिनुभयो। बाह्र प्रेरितहरूका नाउँ यी हुन्, पहिलो पत्रुस भनिने सिमोन र तिनका भाइ अन्‍द्रियास, जब्‍दियाका छोरा याकूब र तिनका भाइ यूहन्‍ना, फिलिप र बारथोलोमाइ, थोमा र कर उठाउने मत्ती, अल्‍फयसका छोरा याकूब र थेदियस, सिमोन कनानी र यहूदा इस्‍करियोत, जसले येशूलाई पक्राइदियो।