मत्ती 10:1-4
मत्ती 10:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले आफ्ना बाह्र चेलाहरूलाई बोलाएर अशुद्ध आत्माहरू निकाल्ने र हरप्रकारका रोग र दुर्बलता निको पार्ने अधिकार तिनीहरूलाई दिनुभयो। बाह्र प्रेरितहरूका नाउँ यी हुन्, पहिलो पत्रुस भनिने सिमोन र तिनका भाइ अन्द्रियास, जब्दियाका छोरा याकूब र तिनका भाइ यूहन्ना, फिलिप र बारथोलोमाइ, थोमा र कर उठाउने मत्ती, अल्फयसका छोरा याकूब र थेदियस, सिमोन कनानी र यहूदा इस्करियोत, जसले येशूलाई पक्राइदियो।
मत्ती 10:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले आफ्ना बाह्र चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने, र हरेक किसिमका रोग र बिरामी निको पार्ने अधिकार दिनुभयो। ती बाह्र प्रेरितहरूका नाम यिनै हुन्: पहिलो पत्रुस भनिने सिमोन, र तिनका भाइ अन्द्रियास; जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्ना; फिलिप अनि बारथोलोमाइ; थोमा अनि कर उठाउने मत्ती; अल्फयसका छोरा याकोब र थेदियस; सिमोन कनानी र यहूदा इस्करियोत, जसले उहाँलाई धोका दियो।
मत्ती 10:1-4 पवित्र बाइबल (NERV)
येशूले आफ्ना बाह्र जना चेलाहरूलाई बोलाउनु भयो। उहाँले दुष्टात्माहरूलाई धपाउने सामर्थ्य तिनीहरूलाई दिनुभयो। उहाँले हरेक प्रकारको रोग र बिमारहरू निको गर्न सक्ने सामर्थ्य तिनीहरूलाई दिनुभयो। ती बाह्र प्रेरितहरूको नाउँ यस प्रकार छ: शिमोन (जसलाई पत्रुस पनि भनिन्छ), अनि उसको दाज्यू अन्द्रियास, जब्दीको छोरो याकूब, अनि उसको भाइ यूहन्ना, फिलिप, बारथोलोमाइ, थोमा, महसूल उठाउने मत्ती, अल्फयसको छोरो याकूब, थेदियस, शिमोन कनानी, र यहूदा इस्कारयोत (यो त्यही मानिस थियो जसले येशूलाई विश्वासघात गर्यो)।
मत्ती 10:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले आफ्ना बाह्र चेलाहरूलाई बोलाएर भेला गराउनुभयो अनि तिनीहरूलाई भूतहरू निकाल्ने र सबै किसिमका रोगी-बिरामीहरूलाई निको पार्ने अधिकार दिनुभयो। यी बाह्र प्रेरितहरू यिनै हुन्– पहिलोचाहिँ पत्रुस भनिने सिमोन अनि उनका भाइ अन्द्रियास, जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्ना, फिलिप र बारथोलोमाइ, थोमा र कर उठाउने मत्ती, अल्फयसको छोरा याकूब, थेदियस र देशभक्त दलका सिमोन अनि येशूलाई पक्राइदिने यहूदा इस्करियोत।