मत्ती 1:7-11

मत्ती 1:7-11 NNRV

सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता, आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, यहोराम उज्‍जियाहका पिता, उज्‍जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता, हिजकिया मनश्‍शेका पिता, मनश्‍शे अमोनका पिता, अमोन योशियाहका पिता, योशियाह यकोनियास र तिनका भाइहरूका पिता थिए। तिनीहरू बेबिलोनमा यहूदीहरूलाई बन्‍दी बनाएर लगिने समयअघि जन्‍मेका थिए।