मत्ती 1:7-11
मत्ती 1:7-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता, आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, यहोराम उज्जियाहका पिता, उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता, हिजकिया मनश्शेका पिता, मनश्शे अमोनका पिता, अमोन योशियाहका पिता, योशियाह यकोनियास र तिनका भाइहरूका पिता थिए। तिनीहरू बेबिलोनमा यहूदीहरूलाई बन्दी बनाएर लगिने समयअघि जन्मेका थिए।
मत्ती 1:7-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सोलोमन रहबामका पिता, रहबाम अबीयाहका पिता, अबीयाह आसाका पिता, आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, यहोराम उज्जियाहका पिता, उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता, हिजकिया मनश्शेका पिता, मनश्शे अमोनका पिता, अमोन योशियाहका पिता, अनि योशियाह येकोनिया र तिनका भाइहरूका पिता, तिनीहरू बेबिलोनमा लगिएको समयमा जन्मेका थिए।
मत्ती 1:7-11 पवित्र बाइबल (NERV)
सुलेमान रोओबामका पिता थिए। रोओबान अबियाका पिता थिए। अबिया आसाफका पिता थिए। आसाफ योसाफातका पिता थिए। योसाफात योरामका पिता थिए। योराम ओजियका पिता थिए। ओजिया योआथामका पिता थिए। योआथाम आहाजका पिता थिए। आहाज एजेकियाका पिता थिए। एजेकिया मनस्सेका पिता थिए। मनस्से आमोसका पिता थिए। आमोस योसियका पिता थिए। योसिया येकोनिया र उसका भाइहरूका पिता थिए। यो त्यसै समयको कुरा हो जुनबेला यहूदीहरूलाई दासका रूपमा बेबिलोनमा लगिएको थियो।
मत्ती 1:7-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सोलोमनका छोरा रहबाम, रहबामका छोरा अबिया, अबियाका छोरा आसा, आसाका छोरा यहोशापात, यहोशापातका छोरा यहोराम, यहोरामका छोरा उज्जियाह, उज्जियाहका छोरा योताम, योतामका छोरा आहाज, आहाजका छोरा हिजकिया, हिजकियाका छोरा मनश्शे, मनश्शेका छोरा आमोन र आमोनका छोरा योशियाह थिए। बेबिलोन लगिने बेलामा योशियाहका छोरा यकोनियास र तिनका भाइहरू जन्मे।