तिनीहरू सधैँ प्रार्थना गरिरहून् र निराश नहोऊन् भन्ने हेतुले उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो: “कुनै एउटा सहरमा परमेश्वरको भय नमान्ने र मानिसको वास्ता नगर्ने एक जना न्यायाधीश थिए। त्यसै सहरमा एउटी विधवा थिई। त्यो तिनीकहाँ आइरहन्थी, र भन्थी, ‘मेरो वादीको अगि मेरो न्याय गरिदिनुहोस्।’ “तिनले केही समयसम्म त मानेनन्, तर पछिबाट तिनले आफ्नो मनमा भने, ‘म परमेश्वरको डर मान्दिनँ। मानिसको वास्ता पनि गर्दिनँ। तर यस विधवाले मलाई हैरान पारेकी हुनाले म त्यसको न्याय गरिदिनेछु, नत्रता तिनी एकोहोरो आएर मलाई वाक्क बनाउनेछे’।” प्रभुले भन्नुभयो, “सुन, ती अधर्मी न्यायाधीशले के भन्दछन्। के परमेश्वरले उहाँलाई रातदिन पुकार्ने आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्न र? के उहाँले तिनीहरूका निम्ति बियाँलो गर्नुहुन्छ र? म तिमीहरूलाई भन्दछु, उहाँले चाँड़ै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?” आफैमाथि भरोसा राख्नेहरू र आफैलाई धर्मी ठानी अरूहरूलाई तुच्छ ठान्नेहरू कसै-कसैलाई उहाँले यो दृष्टान्त सुनाउनुभयो: “दुई जना मानिस प्रार्थना गर्न मन्दिरमा गए— एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने। फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्यो, ‘हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, म अरू मानिसहरूजस्तो धुताहा, अन्यायी, व्यभिचारी, अथवा यही कर उठाउनेजस्तो पनि छैनँ। म हप्तामा दुई पल्ट उपवास बस्तछु। मैले पाएका सबै थोकको दशांश म दिन्छु।’ “तर कर उठाउनेचाहिँ टाढ़ै उभिएर स्वर्गतिर आँखा पनि नउठाई यसो भन्दै आफ्नो छाती पिट्यो, ‘हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्!’ “म तिमीहरूलाई भन्दछु, योचाहिँ मानिस त्यस अर्काभन्दा धर्मी ठहरिएर आफ्नो घरतिर लाग्यो। किनभने हरेक जसले आफूलाई उच्च पार्दछ, त्यो होच्याइनेछ, तर जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ।” येशूले छोइदेऊन् भनी मानिसहरूले शिशुहरूलाई उहाँकहाँ ल्याए। तर चेलाहरूले यो देखेर तिनीहरूलाई हप्काए। येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने परमेश्वरको राज्य यस्तैहरूको हो। साँच्चै म तिमीहरूलाई भन्दछु, जसले एउटा बालकले जस्तै परमेश्वरको राज्यलाई ग्रहण गर्दैन, त्यो कुनै रीतिले त्यसभित्र प्रवेश गर्नेछैन।”
लूका 18 पढ्नुहोस्
सुन्नुहोस् लूका 18
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 18:1-17
21 Days
Learn how best to pray, both from the prayers of the faithful and from the words of Jesus Himself. Find encouragement to keep taking your requests to God every day, with persistence and patience. Explore examples of empty, self righteous prayers, balanced against the pure prayers of those with clean hearts. Pray constantly.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू