लूका 11:5-13

लूका 11:5-13 NNRV

अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिलेओ, तिमीहरूमध्‍ये कसैको एक जना मित्र छ। तिनी मध्‍यरातमा उनीकहाँ गएर भन्‍दछन्, ‘मित्र, मलाई तीन वटा रोटी पैँचो देऊ। किनकि मेरा एक जना साथी यात्राबाट मकहाँ आएका छन्, र तिनलाई खान दिन मसँग केही छैन।’ “उनले भित्रबाट जवाफ दिएर भन्‍छन्, ‘मलाई नझिँज्‍याऊ। ढोका अब बन्‍द भइसकेको छ, र मेरा केटाकेटीहरू मसँग ओछ्यानमा छन्‌। म उठेर तपाईंलाई केही दिन सक्‍दिनँ।’ म तिमीहरूलाई भन्‍दछु, मित्रताको नाताले उनले उठेर तिनलाई केही नदेलान्, तर तिनले खुरन्‍धार मागिरहेकाले उठेर उनले खाँचो परे जति तिनलाई दिनेछन्‌। “म तिमीहरूलाई भन्‍दछु, माग, त तिमीहरूलाई दिइनेछ। खोज, त तिमीहरूले भेट्टाउनेछौ। ढकढक्‍याओ, त तिमीहरूका निम्‍ति खोलिनेछ। किनकि हरेक जसले माग्‍छ त्‍यसले पाउँछ, जसले खोज्‍छ त्‍यसले भेट्टाउँछ, र जसले ढकढक्‍याउँछ त्‍यसको निम्‍ति खोलिनेछ। “तिमीहरूमध्‍ये कुनचाहिँ बुबा होला, जसको छोराले रोटी माग्‍दा त्‍यसलाई ढुङ्गा देला, कि माछा माग्‍दा माछाको सट्टा सर्प देला? अथवा अण्‍डा माग्‍दा त्‍यसलाई बिच्‍छी देला? तिमीहरू दुष्‍ट भईकन आफ्‍ना छोराछोरीहरूलाई असल थोकहरू दिन जान्‍दछौ भने, तिमीहरूका स्‍वर्गीय पिताले उहाँसँग माग्‍नेहरूलाई कति बढ़ी गरेर पवित्र आत्‍मा दिनुहुन्‍छ।”