“‘दोषबलिका विधि यी नै हुन्: यो अति पवित्र छ। जुन ठाउँमा होमबलि मारिन्छ, त्यही ठाउँमा दोषबलि पनि मारिओस्। त्यसको रगत वेदीमा वरिपरि छर्किओस्। त्यसको सबै बोसो, अर्थात् बोसे-पुच्छर र आन्द्रा-भुँड़ी ढाक्ने बोसो, दुवै मिर्गौला र तीमाथिको र कम्मरनेरको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्ने मासु झिकेर चढ़ाइऊन्। पूजाहारीले परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिकै रूपमा ती वेदीमा जलाऊन्। यो दोषबलि हो। पूजाहारीका घरानाको कुनै पनि पुरुषले त्यो खान सक्छ। तर यो चोखो ठाउँमा खाइओस्। यो अति पवित्र छ। “‘पापबलि जस्तो हो, दोषबलि पनि त्यस्तै हो। तिनका निम्ति एउटै व्यवस्था छ। जुन पूजाहारीले त्यो चढ़ाएर प्रायश्चित गर्छन्, त्यो तिनैको होस्। जुन पूजाहारीले कुनै मानिसले ल्याएको होमबलि चढ़ाउँछन्, त्यस होमबलिको छाला ती नै पूजाहारीको होस्। चुलोमा पकाइएका, र ताई-ताप्के र ताउमा बनाइएका सबै अन्नबलि ती चढ़ाउने पूजाहारीका होऊन्। अनि तेलमा मुछेका वा फुका सबै अन्नबलि हारूनका सबै छोराहरूले बराबर गरी पाऊन्।
लेवीहरू 7 पढ्नुहोस्
सुन्नुहोस् लेवीहरू 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवीहरू 7:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू