लेवीहरू 10:1-3

लेवीहरू 10:1-3 NNRV

हारूनका छोराहरू नादाब र अबीहूले आ-आफ्‍नो धुपौरो लिएर त्‍यसमा आगो भरे, र त्‍यस आगोमा धूप हालेर परमप्रभुले आज्ञा नगर्नुभएको आगो हालेर उहाँको सामु चढ़ाए। यसकारण त्‍यतिखेर परमप्रभुबाट आगो निस्‍केर उनीहरूलाई भस्‍म पार्‍यो, र उनीहरू परमप्रभुको सामु मरे। तब मोशाले हारूनलाई भने, “परमप्रभुले भन्‍नुभएको कुरा यही हो: ‘मेरो नजिक आउनेहरूमा म पवित्र बन्‍नेछु, अनि सारा मानिसहरूका सामु म महिमित हुनेछु’।” हारून चूप बसे।