लेवीहरू 10:1-3
लेवीहरू 10:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हारूनका छोराहरू नादाब र अबीहूले आ-आफ्नो धुपौरो लिएर त्यसमा आगो भरे, र त्यस आगोमा धूप हालेर परमप्रभुले आज्ञा नगर्नुभएको आगो हालेर उहाँको सामु चढ़ाए। यसकारण त्यतिखेर परमप्रभुबाट आगो निस्केर उनीहरूलाई भस्म पार्यो, र उनीहरू परमप्रभुको सामु मरे। तब मोशाले हारूनलाई भने, “परमप्रभुले भन्नुभएको कुरा यही हो: ‘मेरो नजिक आउनेहरूमा म पवित्र बन्नेछु, अनि सारा मानिसहरूका सामु म महिमित हुनेछु’।” हारून चूप बसे।

लेवीहरू 10:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हारूनका छोराहरू नादाब र अबीहूले धुपौरो लिएर त्यसमा आगो हाले, र त्यसमाथि धूप थपे। यसरी तिनीहरूले याहवेहको आज्ञा विपरीत अनाधिकृत आगो याहवेहको सामु चढाए। यसकारण याहवेहको उपस्थितिबाट आगो निस्केर आयो र तिनीहरूलाई भस्म पार्यो। अनि तिनीहरू याहवेहको सामु मरे। तब मोशाले हारूनलाई भने, “याहवेहले भन्नुभएको कुरा यही हो: “ ‘मेरो नजिक आउनेहरूमा म आफूलाई पवित्र देखाउनेछु; अनि सबै मानिसहरूका सामु म सम्मानित हुनेछु।’ ” हारून चुपचाप बसे।
लेवीहरू 10:1-3 पवित्र बाइबल (NERV)
त्यसपछि हारूनका छोराहरू नादाब र अबीहूले परमप्रभुअघि धूप जलाउनको लागी आफ्नो धूपदानीमा आगो प्रयोग गर्दै सल्काए जसकालागि उहाँले तिनीहरूलाई अनुमति दिनु भएको थिएन। यसर्थ परमप्रभुको उपस्थितिबाट आगो निस्कियो र तिनीहरूलाई परमप्रभुको सामुन्ने जलायो। त्यसपछि मोशाले हारूनलाई भने, “परमप्रभुले जे भन्नु भएको थियो त्यसको अर्थ यही थियो। ‘पूजाहारीहरू जो मेरो सामुन्ने आउँछन् तिनीहरूद्वारा म सम्मानित हुनुपर्छ अनि सबैकोअघि म पवित्र हुनुपर्छ।’” अनि हारून नबोली बसे।
लेवीहरू 10:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हारूनका छोराहरू नादाब र अबीहूले आ-आफ्नो आगो राख्ने ताप्के बल्दो फिलिङ्गो लिए र त्यसमा धूप बालेर परमप्रभुलाई चढाए। तर, त्यो आगो पवित्र थिएन किनभने परमप्रभुले त्यो चढाउन आज्ञा गर्नुभएको थिएन। अचानक परमप्रभुले आगो पठाउनुभयो र तिनीहरूलाई आगोले परमप्रभुको सामुन्ने त्यहीँ भस्म पार्यो। तब मोशाले हारूनलाई भने, “परमप्रभुले ‘मेरो सेवा गर्ने सबैले मेरो पवित्रताको आदर गर्नुपर्छ, म आफ्नो महिमा आफ्ना प्रजालाई देखाउनेछु’ भन्नुभएको कुराको अर्थ यही हो।” तर हारून चुप भएर बसे।