यहूदा 1:17-19

यहूदा 1:17-19 NNRV

तर प्रिय हो, तिमीहरूले चाहिँ हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले अघिबाटै भनेका कुराहरू सम्‍झ। तिनीहरूले भनेका थिए, “आखिरी समयमा आफ्‍नै भक्तिहीन वासनाको पछि लागेर गिल्‍ला गर्नेहरू हुनेछन्‌।” फूट ल्याउ‍नेहरू, सांसारिक मानिसहरू र पवित्र आत्‍मा नभएका मानिसहरू यिनै हुन्‌।