तिनीहरू समुद्रका उर्लदा छालहरूजस्तै हुन्, जसले तिनीहरूका आफ्नै निर्लज्जताको फीँज उकेल्छन्। यी बत्तिएका दिशाहीन ताराहरूजस्ता छन्, जसका निम्ति पातालको अन्धकार अनन्तको लागि राखिएको छ। आदमदेखि सातौँ पुस्ताका हनोकले पनि यी मानिसहरूका विषयमा यस्तो अगमवाणी बोलेका थिए, “हेर, परमप्रभु आफ्ना असंख्य पवित्र जनहरूसँग आउनुभयो, सबैको इन्साफ गर्न, सबै मानिसहरूलाई दण्ड दिन, जसले अधार्मिक रीतिले भक्तिहीन कार्यहरू गरेका छन्, र ती भक्तिहीन मानिसहरूलाई दण्ड दिन जसले उहाँको विरुद्धमा कठोर कुरा बोलेका छन्।” फतफताउनेहरू, असन्तोषीहरू, आफ्ना कुइच्छाअनुसार हिँड्नेहरू, घमण्डी कुरा बोल्नेहरू र लाभको निम्ति मानिसहरूको चापलूसी गर्नेहरू यी नै हुन्।
यहूदा 1 पढ्नुहोस्
सुन्नुहोस् यहूदा 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहूदा 1:13-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू