यहोशू 7:4-6

यहोशू 7:4-6 NNRV

यसैले तिनीहरूमध्‍ये करीब तीन हजार मानिसहरू गए, तर तिनीहरूलाई ऐका मानिसहरूले परास्‍त गरे। करीब छत्तीस जना जतिलाई ऐका मानिसहरूले मारे, र उनीहरूले सहरको मूल ढोकादेखि शबारीमसम्‍म खेदेर ओह्रालोमा तिनीहरूलाई मारे। अनि इस्राएलीहरूको हृदय डरले गलेर पानीजस्‍तै भयो। तब यहोशू र इस्राएलका धर्म-गुरुहरूले आफ्‍ना लुगा च्‍यातेर शिरमा धूलो हाली परमप्रभुका सन्‍दूकको अगाड़ि भूइँमा घोप्‍टो परेर साँझसम्‍मै बसिरहे।