यहोशू 7:4-6
यहोशू 7:4-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले तिनीहरूमध्ये करीब तीन हजार मानिसहरू गए, तर तिनीहरूलाई ऐका मानिसहरूले परास्त गरे। करीब छत्तीस जना जतिलाई ऐका मानिसहरूले मारे, र उनीहरूले सहरको मूल ढोकादेखि शबारीमसम्म खेदेर ओह्रालोमा तिनीहरूलाई मारे। अनि इस्राएलीहरूको हृदय डरले गलेर पानीजस्तै भयो। तब यहोशू र इस्राएलका धर्म-गुरुहरूले आफ्ना लुगा च्यातेर शिरमा धूलो हाली परमप्रभुका सन्दूकको अगाड़ि भूइँमा घोप्टो परेर साँझसम्मै बसिरहे।
यहोशू 7:4-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण करिब तीन हजार मानिसहरू मात्र माथि गए; तर तिनीहरू ऐ सहरका मानिसहरूद्वारा पराजित भए। तिनीहरूले लगभग छत्तीस जना इस्राएलीहरूलाई मारे। तिनीहरूले इस्राएलीहरूलाई सहरको मूलढोकादेखि शबारीमसम्म लखेटे, र ओरालोमा तिनीहरूलाई हराए। यो देखेर मानिसहरूको हृदय डरले गलेर पानीजस्तै भयो। तब यहोशूले आफ्नो वस्त्र च्याते। अनि याहवेहको सन्दुकको सामु भुइँमा घोप्टो परेर लडे। अनि साँझसम्म त्यहीँ रहिरहे। इस्राएलका प्रधानहरूले पनि त्यसै गरेर तिनीहरूका शिरहरूमा धुलो छर्के।
यहोशू 7:4-6 पवित्र बाइबल (NERV)
यसर्थ प्रायः 3,000 मानिसहरू ऐ शहरमा गए। तर ऐ शहरका मानिसहरूले इस्राएलका छत्तीस जना मानिसहरू मारे। अनि इस्राएलका मानिसहरू भागे। मानिसहरूले शहर-द्वारदेखि ढुङ्गाका खानी सम्म तिनीहरूलाई खेदे। ऐ शहरका मानिसहरूले तिनीहरूलाई नराम्रो प्रकारले परास्त गरे। जब इस्राएलका मानिसहरूले यो देखे, तिनीहरू अत्यन्त भयभीत भए, अनि आफ्ना साहस गुमाए। जब यहोशूले यस विषयमा सुने, तिनले दुःख प्रगट गर्न आफ्ना वस्त्रहरू च्याते। तिनले पवित्र सन्दूकको सामुन्ने भूइँतिर शिर झुकाए। यहोशू त्यहाँ साँझसम्म बसिरहे। इस्राएलका अगुवाहरूले पनि त्यसै गरे। तिनीहरूले पनि आफ्नो दुःख प्रगट गर्न आफ्ना शिरमा धुलो हाले।
यहोशू 7:4-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण तीन हजार जति इस्राएलीहरूले हमला गरे तर तिनीहरू हारेर पछि हट्न पर्यो। ऐका बासिन्दाहरूले तिनीहरूलाई सहरको ढोकादेखि ढुङ्गाका केही खानीहरू भएको ठाउँसम्म खेदे र डाँडाबाट ओह्रालो झर्दा छत्तीस जना जति इस्राएलीहरूलाई मारे। त्यसो हुँदा इस्राएलीहरूले साहस गुमाए र तिनीहरू डरले थरथर भए। यहोशू र इस्राएलका अगुवाहरूले शोकमा आ-आफ्ना वस्त्र च्याते, परमप्रभुको करारको सन्दुकको सामुन्ने जमिनमा लडे र मनको पीर जनाउँदै टाउकोमा धूलो हालेर साँझसम्म त्यहीँ माटोमा लडिरहे।