अनि मानिसहरूले यहोशूलाई भने, “परमप्रभु हाम्रा परमेश्वरको सेवा हामी गर्नेछौं र उहाँकै वचन सुन्नेछौं।” यहोशूले त्यही दिन मानिसहरूसँग करार बाँधे, र शकेममा तिनीहरूका निम्ति विधि र विधान बनाए। यी सबै कुराहरू यहोशूले परमेश्वरका व्यवस्थाको पुस्तकमा लेखे। अनि तिनले एउटा ठूलो ढुङ्गा लिएर परमप्रभुका पवित्रस्थाननेरका रूखमुनि स्थापना गरे। यहोशूले सबै मानिसहरूलाई भने, “हेर, यो ढुङ्गा हाम्रा विरुद्धमा साक्षी हुनेछ, किनकि परमप्रभुले हामीलाई भन्नुभएका सबै कुरा यसले सुनेको छ। तिमीहरू आफ्ना परमेश्वरप्रति अविश्वासी भयौ भने त्यो तिमीहरूका विरुद्धमा साक्षी हुनेछ।”
यहोशू 24 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 24
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 24:24-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू