यहोशूले भने, “गुफाको मुख खोलेर ती पाँच राजालाई गुफाबाट निकालेर मकहाँ ल्याओ।” तिनीहरूले त्यसै गरे— यरूशलेमका राजा, हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा— यी पाँचै राजालाई गुफाबाट निकालेर ल्याए। तिनीहरूले ती राजालाई यहोशूकहाँ ल्याएपछि यहोशूले इस्राएलका सारा मानिसहरूलाई र तिनीसँग आउने लड़ाइँका सेनापतिहरूलाई बोलाएर भने, “यता आओ, र तिमीहरूका खुट्टाले यिनीहरूका गर्दनमा टेक।” अनि तिनीहरू आएर आ-आफ्ना खुट्टाले यिनीहरूका गर्दनमा टेके। यहोशूले तिनीहरूलाई भने, “नडराओ, हरेस नखाओ। हिम्मत गरेर बलिया होओ, किनकि तिमीहरूले लड्नुपर्ने तिमीहरूका वैरीहरू सबैलाई परमप्रभुले यसै गर्नुहुनेछ।” तब यहोशूले उनीहरूलाई हिर्काएर मारे, र उनीहरूलाई पाँच वटा रूखमा झुण्ड्याइदिए, अनि तिनीहरू साँझसम्मै रूखमा झुण्डिरहे। सूर्यास्तको बेलामा यहोशूले आज्ञा गरे, र तिनीहरूले उनीहरूलाई रूखबाट झारेर उनीहरू लुकेका त्यही गुफामा फालिदिए, र गुफाको मुखमा ठूला-ठूला ढुङ्गाहरू राखिदिए, जो आजको दिनसम्म छँदैछ।
यहोशू 10 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 10:22-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू