यहोशू 10:22-27
यहोशू 10:22-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहोशूले भने, “गुफाको मुख खोलेर ती पाँच राजालाई गुफाबाट निकालेर मकहाँ ल्याओ।” तिनीहरूले त्यसै गरे— यरूशलेमका राजा, हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा— यी पाँचै राजालाई गुफाबाट निकालेर ल्याए। तिनीहरूले ती राजालाई यहोशूकहाँ ल्याएपछि यहोशूले इस्राएलका सारा मानिसहरूलाई र तिनीसँग आउने लड़ाइँका सेनापतिहरूलाई बोलाएर भने, “यता आओ, र तिमीहरूका खुट्टाले यिनीहरूका गर्दनमा टेक।” अनि तिनीहरू आएर आ-आफ्ना खुट्टाले यिनीहरूका गर्दनमा टेके। यहोशूले तिनीहरूलाई भने, “नडराओ, हरेस नखाओ। हिम्मत गरेर बलिया होओ, किनकि तिमीहरूले लड्नुपर्ने तिमीहरूका वैरीहरू सबैलाई परमप्रभुले यसै गर्नुहुनेछ।” तब यहोशूले उनीहरूलाई हिर्काएर मारे, र उनीहरूलाई पाँच वटा रूखमा झुण्ड्याइदिए, अनि तिनीहरू साँझसम्मै रूखमा झुण्डिरहे। सूर्यास्तको बेलामा यहोशूले आज्ञा गरे, र तिनीहरूले उनीहरूलाई रूखबाट झारेर उनीहरू लुकेका त्यही गुफामा फालिदिए, र गुफाको मुखमा ठूला-ठूला ढुङ्गाहरू राखिदिए, जो आजको दिनसम्म छँदैछ।
यहोशू 10:22-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यहोशूले भने, “गुफाको मुखबाट ढुङ्गा हटाओ, र ती पाँच राजाहरूलाई बाहिर निकालेर मकहाँ ल्याओ।” यसकारण तिनीहरूले ती पाँच राजाहरू, जो यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरू थिए, तिनीहरूलाई गुफाबाट बाहिर निकालेर ल्याए। जब तिनीहरूले ती पाँच राजाहरूलाई यहोशूकहाँ ल्याए, तब तिनले इस्राएलका सबै मानिसहरूलाई बोलाए। अनि तिनीसँग आएका सेनाका सेनापतिहरूलाई भने, “यहाँ आओ, र तिमीहरूका आ-आफ्ना खुट्टा यी राजाहरूका गर्दनमाथि राख।” यसकारण तिनीहरू नजिक आएर आ-आफ्ना खुट्टाहरू तिनीहरूका गर्दनमाथि राखे। यहोशूले तिनीहरूलाई भने, “नडराओ, र निरुत्साहित नहोओ। बलियो र साहसी होओ। तिमीहरूले लडाइँ गर्न जाने सबै शत्रुहरूलाई याहवेहले यसै गर्नुहुनेछ।” तब यहोशूले ती सबै राजाहरूलाई मारे। अनि तिनीहरूलाई पाँच वटा खम्बाहरूमा झुण्ड्याइदिए। तिनीहरूलाई साँझसम्मै खम्बाहरूमा झुण्डाएर राखियो। सूर्यास्तको समयमा यहोशूले आदेश दिए, र तिनीहरूले उनीहरूलाई खम्बाबाट झारे। अनि तिनीहरू लुकेर बसेका गुफामा फ्याँकिदिए। तिनीहरूले गुफाको मुखमा ठूला चट्टानहरू राखिदिए, जुन आजको दिनसम्म छँदैछ।
यहोशू 10:22-27 पवित्र बाइबल (NERV)
यहोशूले भने, “गुफाको द्वारमा बन्द गरेका ढुङ्गाहरू हटाऊ। ती पाँचजना राजाहरूलाई मकहाँ ल्याऊ।” यसर्थ यहोशूका मानिसहरूले ती पाँचजना राजाहरूलाई गुफा बाहिर ल्याए। तिनीहरू यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश अनि एग्लोनका राजाहरू थिए। तिनीहरूले ती पाँचजना राजाहरूलाई यहोशू कहाँ ल्याए। यहोशूले उसका सबै मानिसहरूलाई भने, “यहाँ आऊ, तिमीहरूका खुट्टा यी राजाहरूका धिच्रोमा राख।” यसर्थ यहोशूका सैनिक अधिकारीहरू नजिकमा आए। तिनीहरूले आफ्ना पाउ ती राजाहरूको घिच्रोमा राखे। तब यहोशूले आफ्ना मानिसहरूलाई भने, “बलवान अनि साहसी बन। भयभीत नहौं। म तिमीहरूलाई देखाउनेछु जो परमप्रभुले ती शत्रुहरू प्रति गर्नुहुनेछ जोसित तिमीहरू भविष्यमा लड्नेछौ।” त्यसपछि यहोशूले ती पाँच राजाहरूलाई मारे। तिनीहरूको शरीरलाई तिनले पाँचवटा रूखमा झुण्ड्याइ दिए। यहोशूले साँझ नभएसम्म तिनीहरूलाई रूखमै झुण्डि्याएर राखे। सूर्यास्तको समयमा यहोशूले उसका मानिसहरूलाई रूखहरूबाट मृत शरीरहरू तल झार्ने आदेश दिए। तिनीहरूले मृत शरीरहरू त्यही गुफामा फ्याँकि दिए जहाँ स्वंय राजाहरू लुकेका थिए अनि गुफालाई ठूला ढुङ्गाहरूले छोपेका थिए। ती ढुङ्गाहरू आजसम्म त्यहीं छन्।
यहोशू 10:22-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहोशूले भने, “ओडारको मुख खोलेर ती पाँच राजाहरूलाई मकहाँ ल्याओ।” ओडार उघारियो र यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरूलाई बाहिर निकालियो। अनि यहोशूकहाँ हाजिर गराइयो। तब यहोशूले इस्राएलका सबै मानिसहरूलाई आफूनिर बोलाए र आफूसित आएका अधिकृतहरूद्वारा राजाहरूका घिच्रामा खुट्टाले टेक्न लाए। तिनीहरूले त्यसै गरे। तब यहोशूले अधिकृतहरूलाई भने, “नडराओ अनि हताश नहोओ। साहस गर र भरोसा राख किनभने तिम्रा सबै शत्रुहरूलाई परमप्रभुले यसै गर्नुहुनेछ।” त्यसपछि यहोशूले ती राजाहरूलाई मारेर पाँच वटा रूखमा झुन्डाए। त्यहाँ तिनका लाश साँझसम्म झुण्डिरहे। घाम अस्ताउँदा यहोशूले आज्ञा गरे र तिनका लाश झारेर अघि तिनीहरू लुकेका ओडारमा फ्याँकिदिए। ओडारको मुखमा ठूल्ठूला ढुङ्गाहरू राखिदिए र ती ढुङ्गाहरू अझैसम्म त्यहीँ छन्।