अय्‍यूब 2:1-6

अय्‍यूब 2:1-6 NNRV

अर्को एक दिन स्‍वर्गदूतहरू परमप्रभुको सामुन्‍ने उपस्‍थित हुँदा शैतान पनि आफूलाई उहाँको अगाड़ि उपस्‍थित गराउन तिनीहरूसँगै गयो। अनि परमप्रभुले शैतानलाई सोध्‍नुभयो, “तँ कहाँबाट आईस्‌?” त्‍यसले भन्‍यो, “पृथ्‍वीमा चारैतिर घुमफिर गर्दैआएको हुँ।” तब परमप्रभुले शैतानलाई भन्‍नुभयो, “के तैंले मेरो दास अय्‍यूबलाई याद गरिस्‌? परमेश्‍वरसँग डर राख्‍ने र दुष्‍ट कामबाट अलग रहने त्‍योजस्‍तो निर्दोष र सोझो मानिस पृथ्‍वीमा अरू कोही छैन। विनाकारण त्‍यसलाई नाश गर्नलाई तैंले मलाई उस्‍काइस्‌। तर त्‍यसको निष्‍ठा अझसम्‍म ढलपल भएको छैन।” शैतानले परमप्रभुलाई जवाफ दियो, “चामको साटो चाम। आफ्‍नो ज्‍यान बचाउन मानिसले आफूसँग भएका सबै कुरा दिँदैन र? आफ्‍नो हात पसारेर तिनको शरीरमा चोट पुर्‍याउनुहोस्‌ अनि तिनले तपाईंको मुखकै सामुन्‍ने तपाईंलाई सराप्‍नेछन्‌।” तब परमप्रभुले शैतानलाई भन्‍नुभयो, “लौ त, त्‍यसो भए त्‍यो तेरो हातमा छ। तर त्‍यसको ज्‍यानचाहिँ छोड़िदे।”