अय्‍यूब 2:1-6

अय्‍यूब 2:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अर्को एक दिन स्‍वर्गदूतहरू परमप्रभुको सामुन्‍ने उपस्‍थित हुँदा शैतान पनि आफूलाई उहाँको अगाड़ि उपस्‍थित गराउन तिनीहरूसँगै गयो। अनि परमप्रभुले शैतानलाई सोध्‍नुभयो, “तँ कहाँबाट आईस्‌?” त्‍यसले भन्‍यो, “पृथ्‍वीमा चारैतिर घुमफिर गर्दैआएको हुँ।” तब परमप्रभुले शैतानलाई भन्‍नुभयो, “के तैंले मेरो दास अय्‍यूबलाई याद गरिस्‌? परमेश्‍वरसँग डर राख्‍ने र दुष्‍ट कामबाट अलग रहने त्‍योजस्‍तो निर्दोष र सोझो मानिस पृथ्‍वीमा अरू कोही छैन। विनाकारण त्‍यसलाई नाश गर्नलाई तैंले मलाई उस्‍काइस्‌। तर त्‍यसको निष्‍ठा अझसम्‍म ढलपल भएको छैन।” शैतानले परमप्रभुलाई जवाफ दियो, “चामको साटो चाम। आफ्‍नो ज्‍यान बचाउन मानिसले आफूसँग भएका सबै कुरा दिँदैन र? आफ्‍नो हात पसारेर तिनको शरीरमा चोट पुर्‍याउनुहोस्‌ अनि तिनले तपाईंको मुखकै सामुन्‍ने तपाईंलाई सराप्‍नेछन्‌।” तब परमप्रभुले शैतानलाई भन्‍नुभयो, “लौ त, त्‍यसो भए त्‍यो तेरो हातमा छ। तर त्‍यसको ज्‍यानचाहिँ छोड़िदे।”

शेयर गर्नुहोस्
अय्‍यूब 2 पढ्नुहोस्

अय्‍यूब 2:1-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

फेरि अर्को दिन स्वर्गदूतहरूले आफूलाई याहवेहको सामु उपस्थित गराउन आए, र शैतान पनि तिनीहरूसँगै आफूलाई उहाँको सामु उपस्थित गराउन आयो। याहवेहले शैतानलाई भन्‍नुभयो, “तँ कहाँबाट आएको होस्?” शैतानले याहवेहलाई जवाफ दियो, “पृथ्वीको चारैतिर ओहोर-दोहोर गर्दै घुमफिर गर्दैआएको हुँ।” तब याहवेहले शैतानलाई सोध्नुभयो, “के तैँले मेरो सेवक इयोबलाई विचार गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही पनि छैन; ऊजस्तो निर्दोष र धर्मी, परमेश्‍वरको डर मान्‍ने र दुष्‍टतादेखि अलग रहने, अर्को मानिस छँदैछैन। अझै पनि ऊ आफ्नो सत्यनिष्‍ठामा रहिरहेको छ। यद्यपि कारणविना उसलाई नाश गर्नलाई तैँले उसको विरुद्धमा मलाई उक्साइस्।” अनि शैतानले जवाफ दियो, “छालाको साटो छाला! मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सबै थोक दिनेछ। तर अब तपाईंले आफ्नो हात पसारेर त्यसको शरीर र हड्डीमा प्रहार गर्नुहोस्, तब निश्‍चय नै त्यसले तपाईंको मुखकै सामु तपाईंलाई सराप्नेछ।” याहवेहले शैतानलाई भन्‍नुभयो, “ठिक छ, त्यो तेरै हातमा छ, तर तैँले त्यसको ज्यानचाहिँ छोडिदे।”

शेयर गर्नुहोस्
अय्‍यूब 2 पढ्नुहोस्

अय्‍यूब 2:1-6 पवित्र बाइबल (NERV)

अर्को दिन स्वर्गदूतहरू परमप्रभुसित भेट गर्न आए। शैतान पनि परमप्रभुसित भेट गर्न आयो। परमप्रभुले शैतानलाई भन्नुभयो, “अहिलेसम्म तँ कहाँ थिइस्?” शैतानले जवाफ दियो, “म पृथ्वी वरिपरि घुमरहेको थिएँ।” तब परमप्रभुले शैतानलाई भन्नुभयो, “तैंले मेरो दास अय्यूबलाई कतै देखिस्? अय्यूब जस्तो यस पृथ्वीमा अन्य कोही मानिस छैन। अय्यूब एक असल र ईमान्दारी मानिस हो। उसले परमेश्वरको आराधना गर्दछ र नराम्रा कुराहरू गर्न देखि टाढा बस्छ। तैंले मलाई उसित भएको प्रत्येक चीज कुनै कारण बिनै ध्वंश पार्ने सुझाव दिएता पनि अझ उसले सही काम नै गर्छ।” शैतानले जवाफमा भन्यो, “चामको साटो चामलाई! एउटा मानिसले आफ्नो जीवन रक्षा गर्नका लागि सारा कुरा प्रदान गर्दछ। यदि तपाईंले आफ्नो शक्ति उसको शरीरलाई चोट पुर्याउनु भयो भने, तब उसले तपाईंको मुखकै सामुन्ने तपाईंलाई सराप्ने छ।” यसकारण परमप्रभुले शैतानलाई भन्नुभयो, “ठीक छ, अय्यूब तिम्रो अधीनमा छ। तर उसलाई मार्ने अनुमति भने तँलाई छैन।”

शेयर गर्नुहोस्
अय्‍यूब 2 पढ्नुहोस्

अय्‍यूब 2:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

स्‍वर्गीय जनहरू फेरि परमप्रभुको अघि उपस्‍थित हुने दिनमा शैतान त्‍यहाँ हाजिर भयो। परमप्रभुले त्‍यसलाई सोध्‍नुभयो, “तँ कहाँ गएको थिइस्?” शैतानले उत्तर दियो, “म पृथ्‍वीमा चारैतिर यताउता घुमफिर गर्दै थिएँ।” परमप्रभुले सोध्‍नुभयो, “के मेरो सेवक अय्‍यूबलाई देखिस्? पृथ्‍वीमा त्‍योजस्‍तो सोझो र असल मानिस कोही छैन। त्‍यसले मलाई पुज्‍दछ र खराब कामबाट होशियारसाथ जोगिएर बस्‍छ। बिनाकारण त्‍यसमाथि आक्रमण गर्न तैँले मसँग अनुमति मागिस्। तर अय्‍यूब अझसम्‍म विश्‍वासयोग्‍य रहेको छ।” शैतानले जवाफ दियो, “आफ्‍नो ज्‍यान बचाउनलाई मानिसले आफ्‍ना हातका सबै थोक दिन्‍छ। तर उसको शरीरमा चोट पुर्‍याउनुहोस्। उसले तपाईंको मुखकै सामुन्‍ने तपाईंलाई सराप्‍नेछ!” यसर्थ परमप्रभुले शैतानलाई यसो भन्‍नुभयो, “ठीक छ, त्‍यो तेरो हातमा छ। खालि त्‍यसको ज्‍यानचाहिँ तैँले नलिनू।”

शेयर गर्नुहोस्
अय्‍यूब 2 पढ्नुहोस्