अन्धकारमा हिँड्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युको छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ। तपाईंले त्यस जातिको वृद्धि गराउनुभएको छ र तपाईंले तिनीहरूका आनन्द बढ़ाउनुभएको छ। कटनीको बेलामा मानिसहरू रमाएझैँ तिनीहरू तपाईंको सामुन्ने रमाउनेछन्, र लूटका माल बाँड्दा मानिसहरू खुशी भएझैँ तिनीहरू खुशी हुन्छन्। किनकि तपाईंले त्यसको बोझाको जुवा र त्यसको काँधको नोल, र त्यसलाई अत्याचार गर्नेको लाठो मिद्यानको हारको दिनमा भएझैँ चकनाचूर पारिदिनुभएको छ। लड़ाइँमा प्रयोग गरेको हरेक सिपाहीका जुत्ता र रगतमा मुछिएको हरेक पोशाक जलाउनलाई छुट्याइएको हुनेछ र आगोको निम्ति इन्धन हुनेछ। किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ। हाम्रा निम्ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ। उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिल्यै हुनेछैन। दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ। सर्वशक्तिमान् परमप्रभुको जोशले यो पूरा गर्नेछ।
यशैया 9 पढ्नुहोस्
सुन्नुहोस् यशैया 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 9:2-7
5 Days
So often, the holidays come and go before we have a chance to focus on preparing our hearts for Christmas. Advent is our way of remembering that God came to be with us, is still with us, and will come again. Over the next 5 days, we’ll examine the four Advent themes: hope, peace, love, and joy.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू