हिब्रू 1:5-9

हिब्रू 1:5-9 NNRV

“तिमी मेरा पुत्र हौ, मैले नै आज तिमीलाई जन्‍माएको छु” भनी के कुनै स्‍वर्गदूतलाई परमेश्‍वरले कहिल्‍यै भन्‍नुभयो? र फेरि, “म तिनका पिता हुनेछु, र तिनी मेरा पुत्र हुनेछन्‌” भनी कुनै स्‍वर्गदूतलाई कहिल्‍यै भन्‍नुभयो? आफ्‍नो प्रथम जन्‍मेकालाई संसारमा ल्‍याउनुहुँदा उहाँ फेरि भन्‍नुहुन्‍छ, “परमेश्‍वरका सारा स्‍वर्गदूतहरूले उहाँलाई नै पुजून्‌।” स्‍वर्गदूतका विषयमा उहाँ भन्‍नुहुन्‍छ, “उहाँले आफ्‍ना स्‍वर्गदूतहरूलाई बतास र आफ्‍ना दासहरूलाई आगोको ज्‍वाला तुल्‍याउनुहुन्‍छ।” तर पुत्रको विषयमा चाहिँ उहाँ भन्‍नुहुन्‍छ, “हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदाको निम्‍ति रहिरहन्‍छ, र न्‍यायको राजदण्‍ड तपाईंका राज्‍यको राजदण्‍ड हो। तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ, र अधर्मलाई घृणा गर्नुभएको छ। यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई आफ्‍ना साथीहरूभन्‍दा बढ्‌ता गरेर हर्षको तेलले अभिषेक गर्नुभएको छ।”