उत्‍पत्ति 11:27-30

उत्‍पत्ति 11:27-30 NNRV

तेरहको वृत्तान्‍त यही हो। तेरह अब्राम, नाहोर र हारानका पिता भए। अनि हारान लोतका पिता भए। हारान उनका बुबा तेरहकै जीवनकालमा आफ्‍नो जन्‍म देश कल्‍दीहरूको ऊरमा मरे। अब्राम र नाहोरले विवाह गरेर पत्‍नी ल्‍याए। अब्रामकी पत्‍नीको नाउँ साराई र नाहोरकी पत्‍नीको नाउँ मिल्‍का थियो। तिनी हारानकी छोरी थिइन्‌। हारानचाहिँ मिल्‍का र यिस्‍काका पिता थिए। साराई बाँझी थिइन्, र तिनका कोही छोराछोरी थिएनन्‌।