उत्पत्ति 11:27-30
उत्पत्ति 11:27-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तेरहको वृत्तान्त यही हो। तेरह अब्राम, नाहोर र हारानका पिता भए। अनि हारान लोतका पिता भए। हारान उनका बुबा तेरहकै जीवनकालमा आफ्नो जन्म देश कल्दीहरूको ऊरमा मरे। अब्राम र नाहोरले विवाह गरेर पत्नी ल्याए। अब्रामकी पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। तिनी हारानकी छोरी थिइन्। हारानचाहिँ मिल्का र यिस्काका पिता थिए। साराई बाँझी थिइन्, र तिनका कोही छोराछोरी थिएनन्।
उत्पत्ति 11:27-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तेरहका वंशको विवरण यही हो: तेरहचाहिँ अब्राम, नाहोर र हारानका पिता भए; अनि हारान लोतका पिता भए। आफ्ना पिता तेरह जीवित छँदै हारान आफू जन्मेको ठाउँ कल्दीहरूको ऊरमा मरे। अब्राम र नाहोर दुवैले विवाह गरे। अब्रामकी पत्नीको नाम साराई थियो; अनि नाहोरकी पत्नीको नाम मिल्का थियो; यिनीचाहिँ हारानकी छोरी थिइन्, जो मिल्का र यिस्का दुवैका पिता थिए। अब साराईचाहिँ बाँझी थिइन्; अनि तिनको कुनै सन्तान थिएन।
उत्पत्ति 11:27-30 पवित्र बाइबल (NERV)
तेरह परिवारको इतिहास यही हो। तेरह अब्राम, नाहोर र हारानका बुबा थिए। हारान लूतका बुबा थिए। हारान बाबेलको ऊरमा मरे अनि त्यस समय तिनका बुबा तेरह जीवित नै थिए। अब्राम र नाहोरले विवाह गरे, अब्रामको पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। मिल्का हारानकी छोरी थिईन र हारान मिल्का र इस्काका बुबा थिए। साराईबाट कुनै सन्तान भएन कारण ऊ बाँझी थिईन।
उत्पत्ति 11:27-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब्राम, नाहोर र हारानका बुबा तेरहका सन्तान यिनै हुन्। हारान लोतका बुबा भए अनि उनका बुबा जिउँदै छँदा हारान बेबिलोनिया देशमा आफ्नै सहर ऊरमा मरे। अब्रामले साराईलाई र नाहोरले हारानकी छोरी मिल्कालाई विवाह गरे। हारान यिस्काका पनि बुबा हुन्। साराईका छोरा-छोरीहरू भएनन्।