प्रस्थान 15:22-26
प्रस्थान 15:22-26 NNRV
तब मोशाले इस्राएलीहरूलाई लाल समुद्रबाट अगि डोराएर लगे, र तिनीहरू शूरको उजाड़-स्थानतिर लागे। उजाड़-स्थानमा हिँड्दा तीन दिनसम्म तिनीहरूले पानी पाएनन्। अनि मारा भन्ने ठाउँमा आएपछि माराको पानी तिनीहरूले खान सकेनन्, किनकि त्यो तीतो थियो। (यसैले त्यसको नाउँ मारा भयो।) यसकारण मानिसहरू “हामीले के पिउने?” भनेर मोशासित गनगनाउन लागे। तब मोशाले परमप्रभुलाई पुकारा गरे। अनि परमप्रभुले तिनलाई एउटा काठको टुक्रा देखाइदिनुभयो, र तिनले त्यो पानीमा हाल्दा पानी मीठो भयो। त्यहीँ नै परमप्रभुले तिनीहरूका निम्ति एक विधि र विधान बनाउनुभयो, र उहाँले तिनीहरूको जाँच गर्नुभयो। र उहाँले भन्नुभयो, “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरका कुरा ध्यानसित सुन्यौ, उहाँको दृष्टिमा जे ठीक छ सो गर्यौ, र उहाँका आज्ञाहरूमा ध्यान लगायौ, र उहाँका सबै विधिहरू मान्यौ भने, जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्याएको थिएँ, तीमध्ये एउटै पनि तिमीहरूमाथि ल्याउनेछैनँ, किनकि तिमीहरूलाई निको पार्ने म परमप्रभु हुँ।”

