प्रस्‍थान 15:22-26

प्रस्‍थान 15:22-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब मोशाले इस्राएलीहरूलाई लाल समुद्रबाट अगि डोराएर लगे, र तिनीहरू शूरको उजाड़-स्‍थानतिर लागे। उजाड़-स्‍थानमा हिँड्‌दा तीन दिनसम्‍म तिनीहरूले पानी पाएनन्‌। अनि मारा भन्‍ने ठाउँमा आएपछि माराको पानी तिनीहरूले खान सकेनन्, किनकि त्‍यो तीतो थियो। (यसैले त्‍यसको नाउँ मारा भयो।) यसकारण मानिसहरू “हामीले के पिउने?” भनेर मोशासित गनगनाउन लागे। तब मोशाले परमप्रभुलाई पुकारा गरे। अनि परमप्रभुले तिनलाई एउटा काठको टुक्रा देखाइदिनुभयो, र तिनले त्‍यो पानीमा हाल्‍दा पानी मीठो भयो। त्‍यहीँ नै परमप्रभुले तिनीहरूका निम्‍ति एक विधि र विधान बनाउनुभयो, र उहाँले तिनीहरूको जाँच गर्नुभयो। र उहाँले भन्‍नुभयो, “तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका कुरा ध्‍यानसित सुन्‍यौ, उहाँको दृष्‍टिमा जे ठीक छ सो गर्‍यौ, र उहाँका आज्ञाहरूमा ध्‍यान लगायौ, र उहाँका सबै विधिहरू मान्‍यौ भने, जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्‍याएको थिएँ, तीमध्‍ये एउटै पनि तिमीहरूमाथि ल्‍याउनेछैनँ, किनकि तिमीहरूलाई निको पार्ने म परमप्रभु हुँ।”

शेयर गर्नुहोस्
प्रस्‍थान 15 पढ्नुहोस्

प्रस्‍थान 15:22-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब मोशाले इस्राएललाई लाल समुद्रबाट लगे, र तिनीहरू शूरको उजाडस्‍थानभित्र पसे। तीन दिनसम्म तिनीहरू उजाडस्थानमा पिउने पानीविना यात्रा गरे। जब तिनीहरू मारा आइपुगे, तिनीहरूले त्यहाँको पानी पिउन सकेनन्; किनकि त्यो तितो थियो। (त्यसैकारण त्यस ठाउँलाई मारा भनिन्छ।) यसकारण मानिसहरू मोशाको विरुद्धमा यसो भन्दै गनगन गर्न थाले, “हामीले के पिऔँ?” तब मोशाले याहवेहलाई पुकारे; अनि याहवेहले तिनलाई एउटा काठको टुक्रा देखाउनुभयो। जब तिनले त्यसलाई पानीमा फाले, तब त्यो पानी मिठो भयो। त्यहाँ याहवेहले तिनीहरूका निम्ति एउटा नियम र निर्देशन बनाउनुभयो; अनि त्यहीँ नै उहाँले तिनीहरूको जाँच लिनुभयो। उहाँले भन्‍नुभयो, “तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको कुरा ध्यानसित सुन्यौँ र उहाँको दृष्‍टिमा जे ठिक छ, त्यही गर्‍यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ, र उहाँका सबै उर्दीहरू पालन गर्‍यौ भने मैले इजिप्टियनहरूमाथि ल्याएका रोगहरू म तिमीहरूमाथि ल्याउनेछैनँ; किनकि तिमीहरूलाई निको पार्ने याहवेह म नै हुँ।”

शेयर गर्नुहोस्
प्रस्‍थान 15 पढ्नुहोस्

प्रस्‍थान 15:22-26 पवित्र बाइबल (NERV)

मोशाले इस्राएलीहरूलाई लाल समुद्रदेखि शूरको मरुभूमितिर डोर्याउने गरे। तिनीहरू मरुभूमिमा तीन दिनसम्म यात्रा गरे। तिनीहरूले पिउने पानी कतै भेटेनन्। तीन दिनपछि ती मानिसहरू मारामा आइपुगे। मारामा पानी त थियो तर पिउँन नसकिने तीतो थियो। (यसकारण मानिसहरूले त्यस ठाउँको नाउँ मारा राखे।) मानिसहरू मोशासित गुनासो पोख्न थाले। मानिसहरूले भने, “अब हामीहरूले के पिउने छौं?” मोशाले परमप्रभुलाई पुकार गरे। यसर्थ परमप्रभुले तिनलाई एउटा रूख देखाउनु भयो। मोशाले त्यस रूखलाई पानीमा डुबाए अनि पानी पिउने लायकको भयो। त्यस ठाउँमा परमप्रभुले मानिसहरूको परीक्षा लिनु भयो अनि तिनीहरूका निम्ति उहाँले नियम बनाइ दिनु भयो। परमप्रभुले ती मानिसहरूमा विश्वासको पनि परीक्षा गर्नुभयो। परमप्रभुले भन्नु भयो, “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्नु पर्छ। उहाँले भन्नु भएको आज्ञाहरू तिमीहरूले मान्नै पर्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्यौ र नियमहरू मान्यौ भने मिश्रवासीहरू जस्तै तिमीहरू रोगी हुने छैनौ म परमप्रभु हुँ। म एक जना हुँ जसले तिमीहरूलाई स्वस्थ राख्छ।”

शेयर गर्नुहोस्
प्रस्‍थान 15 पढ्नुहोस्

प्रस्‍थान 15:22-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तब मोशाले इस्राएलीहरूलाई लाल समुद्रदेखि शूरको मरुभूमितिर डोर्‍याइ लगे। तीन दिनसम्‍म तिनीहरू मरुभूमिको बीचबाट गए र पिउने पानी पाएनन्। तब तिनीहरू मारा भनिने ठाउँमा पुगे तर त्‍यहाँको पानी यति तितो थियो कि तिनीहरू कसैले पनि पिउन सकेनन्। त्‍यसैकारण त्‍यसको नाम मारा राखिएको थियो। मानिसहरू मोशासित गनगनाउन थाले र भने, “अब हामी के पिउने?” मोशाले परमप्रभुलाई हृदयदेखि प्रार्थना गरे अनि परमप्रभुले उनलाई एउटा दाउराको टुक्रा देखाइदिनुभयो। मोशाले त्‍यो दाउराको टुक्रा पानीमा हालिदिए र त्‍यो पानी पिउन लायकको भयो। त्‍यही ठाउँमा परमप्रभुले तिनीहरूलाई जिउनको निम्‍ति नियमहरू दिनुभयो। त्‍यहीँ उहाँले तिनीहरूको जाँच पनि गर्नुभयो। उहाँले भन्‍नुभयो, “तिमीहरूले सम्‍पूर्ण रीतले मैले भनेका कुराहरू मान्‍यौ, म जे कुरा ठीक ठान्‍दछु, त्‍यो गर्‍यौ र मेरा आज्ञाहरू पालन गर्‍यौ भने जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्‍याएको थिएँ, ती कुनै पनि तिमीहरूमाथिपर्नेछैन। म तिमीहरूलाई निको पार्ने परमप्रभु हुँ।”

शेयर गर्नुहोस्
प्रस्‍थान 15 पढ्नुहोस्