प्रस्थान 13:20-22
प्रस्थान 13:20-22 NNRV
तिनीहरू सुक्कोतबाट गएपछि, उजाड़-स्थानको नजिकै एथाममा डेरा बनाएर वास बसे। अनि तिनीहरू रातदिन हिँड्न सकून् भनेर तिनीहरूलाई बाटो देखाउनका निम्ति परमप्रभु दिनमा बादलको खामो र राती आगोको खामोमा तिनीहरूको अगिअगि जानुहुन्थ्यो। दिनमा बादलको खामो र राती आगोको खामो मानिसहरूका अगिअगि जान कहिल्यै छोड़ेन।

