एफिसी 2:11-13

एफिसी 2:11-13 पवित्र बाइबल (NERV)

तिमीहरू गैर-यहूदी भएर जन्म्यौ। यहूदीहरूले तिमीहरूलाई “खतनाहीन” भन्छन्। तिमीहरूलाई “अशिश्नछेदित” भन्ने यहूदीहरू आफूलाई चाँहि “खतनाका” भन्छन्। तिनीहरूको शरीर मानव हातले खतना गरिएको छ। याद रहोस्, बितेका दिनहरूमा तिमीहरू ख्रीष्टबाट अलग थियौ। तिमीहरू इस्राएलका नागरिक थिएनौ। अनि प्रतिज्ञाको अनुवन्ध तिमीहरूसित थिएन जुन परमेश्वरले उहाँका मानिसहरूसित गर्नुभएको थियो। तिमीहरू आशा बिनाको संसारमा बाँचेका थियौ र तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ। हो, एक समयमा तिमीहरू परमेश्वरदेखि टाढा थियौ। तर अहिले तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ। ख्रीष्टको रगतद्वारा तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ।

शेयर गर्नुहोस्
एफिसी 2 पढ्नुहोस्

एफिसी 2:11-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एक समय तिमीहरू कस्‍ता थियौ, सम्‍झ। शरीरको अङ्गमा हातद्वारा खतना लाउने इस्राएलीहरूले आफैंलाई शरीरमा खतना लाएका र तिमीहरूलाई खतना नलाउने अरू जातिका मानिस भन्‍छन्। त्‍यस बेला तिमीहरू ख्रीष्‍टदेखि अलग्‍गै थियौ। तिमीहरू परमेश्‍वरका छानिएका जाति इस्राएलसँग सम्‍बन्‍ध नै नभएको विदेशी थियौ। परमेश्‍वरले प्रतिज्ञाहरू गरेर जोड्‍नुभएको करारमा तिमीहरूको कुनै स्‍थान थिएन अनि संसारमा तिमीहरू बिनाआशा र बिनापरमेश्‍वर थियौ। हामीलाई मेल गराउने नै ख्रीष्‍ट हुनुहुन्‍छ किनभने उहाँले नै आफ्‍नो रगत बगाएर इस्राएली र अरू जातिका मानिसलाई परमेश्‍वरको छेउमा ल्‍याउनुभयो।

शेयर गर्नुहोस्
एफिसी 2 पढ्नुहोस्