परमेश्वरको भवनमा जाँदा होशियारीसाथ जाऊ। मूर्खहरूको बलिदान चढ़ाउनुभन्दा परमेश्वरको वचन सुन्नलाई जाओ, किनकि भूल गर्दैछन् भन्ने तिनीहरू जान्दैनन्। बोल्नमा हतार नगर, परमेश्वरको अगि केही कुरा बोल्न तिम्रो मनमा आतुरी नगर। परमेश्वर स्वर्गमा हुनुहुन्छ र तिमी संसारमा छौ। यसैकारण तिम्रो वचन थोरै होस्। जसरी धेरै चिन्ताले सपना हुन्छ, त्यसरी नै धेरै शब्दहरूमा मूर्खका बोली हुन्छन्। जब तिमी परमेश्वरसित भाकल गर्दछौ, त्यो पूरा गर्नमा विलम्ब नगर। मूर्खसँग उहाँ प्रसन्न हुनुहुन्न। तिम्रो भाकल पूरा गर। भाकल गरेर पनि पूरा नगर्नुभन्दा त भाकल नगरेको अझ असल हो। तिम्रो आफ्नो बोलीले तिमीलाई पाप गर्न नलाओस्। अनि मन्दिरको समाचारवाहकलाई “मेरो भाकल त भूल भएको थियो,” भनी प्रतिवाद नगर। तिमीले बोलेका कुरासँग परमेश्वर रिसाएर तिम्रो हातको कामलाई नाश गर्ने, किन? धेरै कल्पना र धेरै शब्दहरू व्यर्थ हुन्। यसकारण परमेश्वरको भय मान।
उपदेशक 5 पढ्नुहोस्
सुन्नुहोस् उपदेशक 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 5:1-7
21 Days
Learn how best to pray, both from the prayers of the faithful and from the words of Jesus Himself. Find encouragement to keep taking your requests to God every day, with persistence and patience. Explore examples of empty, self righteous prayers, balanced against the pure prayers of those with clean hearts. Pray constantly.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू