दानिएल 7:9-10

दानिएल 7:9-10 NNRV

जसै मैले हेरें, सिंहासनहरू बसालिए, र अति प्राचीन आफ्‍नो सिंहासनमा बस्‍नुभयो। उहाँका लुगा हिउँजस्‍तै सेता थिए, उहाँको शिरको केश ऊनजस्‍तै सेतो थियो। उहाँको सिंहासनमा बलिरहेको आगोको ज्‍वाला थियो, र त्‍यसका चक्‍काहरूमा दन्‍केको आगो थियो। उहाँको सामुबाट आइरहेको आगोको एउटा नदी बगिरहेको थियो। हजारौँ हजारले उहाँको सेवा गर्थे; दश हजार गुणा दश हजार उहाँको सामु उभिएका थिए। न्‍यायको निम्‍ति अदालतको बैठक बसेको थियो, र पुस्‍तकहरू खोलिए।