दानिएल 7:9-10
दानिएल 7:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसै मैले हेरें, सिंहासनहरू बसालिए, र अति प्राचीन आफ्नो सिंहासनमा बस्नुभयो। उहाँका लुगा हिउँजस्तै सेता थिए, उहाँको शिरको केश ऊनजस्तै सेतो थियो। उहाँको सिंहासनमा बलिरहेको आगोको ज्वाला थियो, र त्यसका चक्काहरूमा दन्केको आगो थियो। उहाँको सामुबाट आइरहेको आगोको एउटा नदी बगिरहेको थियो। हजारौँ हजारले उहाँको सेवा गर्थे; दश हजार गुणा दश हजार उहाँको सामु उभिएका थिए। न्यायको निम्ति अदालतको बैठक बसेको थियो, र पुस्तकहरू खोलिए।
दानिएल 7:9-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“मैले हेर्दाहेर्दै, “सिंहासनहरू ठिक ठाउँमा बसालिए; अनि अति प्राचीन आफ्नो सिंहासनमाथि बिराजमान हुनुभयो, उहाँका कपडा हिउँजस्तै सेता थिए; उहाँको शिरको केश ऊनजस्तै सेतो थियो। उहाँको सिंहासन दन्किरहेको आगोको ज्वालाजस्तै थियो; अनि त्यसका चक्काहरू जलिरहेका आगोजस्ता थिए। उहाँको सामुबाट निस्केर आएको एउटा आगोको नदी बगिरहेको थियो। हजारौँ-हजार स्वर्गदूतले उहाँको सेवाटहल गर्दैथिए; दश हजार गुणा दश हजार स्वर्गदूतहरू उहाँको सामु सेवा गर्न खडा थिए। न्यायाधीश बस्नुभयो, र पुस्तकहरू खोलिए।
दानिएल 7:9-10 पवित्र बाइबल (NERV)
“मैले हेर्दा हेर्दै त्यसको ठाउँमा सिंहासन राखियो अनि त्यसमा प्राचीन राजा बस्नु भयो। उहाँले हिँउ जस्तो सेतो लुगा लगाउनु भएको थियो, अनि कपाल सेतो ऊन जस्तो थियो। उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला जस्तै थियो र त्यसको चक्काहरू दन्केको आगो जस्ता थिए। उहाँको छेउमा एउटा आगोको खोला बगेर आयो। हजारौं-हजार स्वर्गदूतहरूले उहाँको सेवा गर्दैथिए। दश-दशहजार स्वर्गदूतहरू उहाँको अघाडी सेवा गरिरहेका थिए। तब न्यायधीश न्याय दिन बसे, अनि किताबहरू खोले।
दानिएल 7:9-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले हेर्दाहेर्दै सिंहासनहरू राखिए। एउटा सिंहासनमा अमर जीवन भएको व्यक्ति बसे। उनका वस्त्र हिउँजस्तै र केशचाहिँ सफा ऊनजस्तै सेता थिए। तिनको बल्दो सिंहासन आगोले दन्केका पाङ्ग्राहरूमाथि राखिएको थियो अनि त्यस सिंहासनबाट आगोको खोला निस्किरहेको थियो। हजारौं-हजार मानिसहरू उनको सेवा गर्न हाजिर थिए। उनका सामुन्नेमा लाखौं-लाख मानिसहरू खडा थिए। न्यायको दरबार त्यहाँ बस्यो र पुस्तकहरू खोलिए।