प्रेरित 6:1-4

प्रेरित 6:1-4 NNRV

ती दिनमा जब चेलाहरूको संख्‍या बढ्‌दैगएको थियो, तब हिब्रूहरूका विरुद्धमा ग्रीक-यहूदीहरूले गनगन गरे, किनभने दैनिक खाद्य वितरणमा तिनीहरूका विधवाहरूले चाहिँदो भोजन पाउँदैनथिए। तब बाह्रैले चेलाहरूको समूहलाई बोलाएर भने, “परमेश्‍वरको वचन प्रचार गर्न छोड़ेर खुवाउने-पियाउने सेवा गर्न हामीलाई उचित हुँदैन। यसकारण भाइ हो, तिमीहरू मध्येबाट पवित्र आत्‍मा र बुद्धिले भरिएका र सबैको आदर पाएका सात जना मानिस छान जसलाई हामी यस काममा नियुक्त गरौं। तर हामीचाहिँ प्रार्थना र वचनको सेवकाइमा सम्‍पूर्ण समय दिनेछौं।”

प्रेरित 6:1-4 को लागि भिडियो