प्रेरित 6:1-4
प्रेरित 6:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ती दिनमा जब चेलाहरूको संख्या बढ्दैगएको थियो, तब हिब्रूहरूका विरुद्धमा ग्रीक-यहूदीहरूले गनगन गरे, किनभने दैनिक खाद्य वितरणमा तिनीहरूका विधवाहरूले चाहिँदो भोजन पाउँदैनथिए। तब बाह्रैले चेलाहरूको समूहलाई बोलाएर भने, “परमेश्वरको वचन प्रचार गर्न छोड़ेर खुवाउने-पियाउने सेवा गर्न हामीलाई उचित हुँदैन। यसकारण भाइ हो, तिमीहरू मध्येबाट पवित्र आत्मा र बुद्धिले भरिएका र सबैको आदर पाएका सात जना मानिस छान जसलाई हामी यस काममा नियुक्त गरौं। तर हामीचाहिँ प्रार्थना र वचनको सेवकाइमा सम्पूर्ण समय दिनेछौं।”
प्रेरित 6:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ती दिनहरूमा जब चेलाहरूको संख्या बढिरहेको थियो, तब हिब्रूभाषी यहूदीहरूका विरुद्ध ग्रीकभाषी यहूदीहरूले गनगन गरे। किनकि दैनिक भोजन वितरण गरिँदा तिनीहरूका विधवाहरूको बेवास्ता गरिएको थियो। त्यसैले बाह्रै जना प्रेरितहरूले सबै चेलाहरूलाई भेला गराएर भने, “परमेश्वरको वचनको प्रचार गर्न छोडेर भोजनको सेवामा लाग्नु हाम्रा निम्ति उचित होइन। दाजुभाइ-दिदीबहिनीहरू हो, आफ्ना बीचबाट पवित्र आत्मा र बुद्धिले भरिएका अनि सबैको आदर पाएका सात जना मानिसहरूलाई छान, जसलाई हामीले यस काममा नियुक्त गरौँ। अनि हामी हाम्रो ध्यान प्रार्थना र वचनको प्रचारमा केन्द्रित गर्न सक्छौँ।”
प्रेरित 6:1-4 पवित्र बाइबल (NERV)
धरै भन्दा धेरै मानिसहरू येशूका चेला हुन थाले। तर त्यही अवधिमा, ग्रीक-भाषी चेलाहरूले यहूदी भाषी चेलाहरूको विरुद्ध नालिस गरे। तिनीहरूले दावी गरे कि तिनीहरूका विधवाहरूले दैनिक वितरणमा ठीक भाग पाइरहेका छैनन्। यसर्थ बाह्रजना प्रेरितहरूले ती सबै समूहका चेलाहरूलाई एक साथ बोलाए, र तिनीहरूलाई भने, “हामीले आहार वितरणमा सहायता गर्नका निम्ति परमेश्वरको वचन सिकाउने काम लत्याएका छौ तर यो हाम्रो निम्ति उचित होइन। यसैले दाज्यू-भाइहरू हो, तिमीहरूबाटै सात जना मानिसहरू चुन। तिनीहरू सबै पुरुष जाति हुनपर्छ जसको बारेमा मानिसहरूले ती असल छन् भनुन्। तिनीहरू जो चुनिन्छन् ज्ञान अनि पवित्र-आत्माले परिपूर्ण भएका हुनपर्छ। हामी तिनीहरूलाई यो काम गर्न नियुक्त गर्नेछौं। यसप्रकारले हामी हाम्रो समय प्रार्थना गर्नमा र परमेश्वरको वचन प्रचार गर्नमा लगाउन समर्थ हुनेछौं।”
प्रेरित 6:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यस समयमा प्रभु येशूका चेलाहरूको सङ्ख्या बढिरह्यो। बढ्दै जाँदा ग्रीक भाषा बोल्ने र हिब्रू भाषा बोल्ने यहूदीहरूको बीचमा भनाभन् चल्न थाल्यो। दिनदिनै खाने कुरा बाँड्दा तिनीहरूको विधवाहरूको वास्ता भएन भन्ने ग्रीक भाषा बोल्ने यहूदीहरूको भनाइ थियो। त्यसो हुँदा बाह्र प्रेरितहरूले प्रभुका चेलाहरू जति सबैलाई बोलाएर भने, “परमेश्वरको शिक्षालाई छोडेर खाने कुरामा अलमलिनु हामीलाई ठीक हुँदैन। त्यसैले हे भाइ हो, तिमीहरूका बीचबाट पवित्र आत्मा र ज्ञानले भरिएका सात जना मानिसलाई छान। हामी यो खाने कुराको जिम्मा तिनीहरूलाई दिनेछौं। हामी आफैंचाहिँ पूरै समय प्रार्थना र प्रचारको काममा लाग्नेछौं।”