जब परमप्रभुको सन्दूक दाऊदको सहरमा प्रवेश गर्दैथियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्, र दाऊद राजालाई परमप्रभुको सामुन्ने उफ्रँदै र नाच्दैगरेका देखिन्, र तिनले मनमनै दाऊदलाई घृणा गरिन्। तिनीहरूले परमप्रभुको सन्दूक भित्र ल्याए, र दाऊदले सन्दूकको लागि टाँगेको पालभित्र राख्नका निम्ति तोकिएको स्थानमा त्यो राखे। अनि दाऊदले परमप्रभुको सामुन्ने होमबलि र मेलबलि चढ़ाए। दाऊदले यी बलिदानहरू चढ़ाइसकेपछि तिनले सर्वशक्तिमान् परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए। अनि तिनले सबै मानिसहरूलाई, अर्थात् इस्राएलीहरूका जम्मै जमघटको हरेक पुरुष र स्त्रीलाई एक-एक वटा रोटी, खजूरको एक-एक डल्लो र किसमिसको एक-एक झुप्पो दिए। तब सबै मानिसहरू घर गए। दाऊद आफ्ना घरानालाई आशीर्वाद दिन आउँदा शाऊलकी छोरी मीकल तिनलाई भेट्न बाहिर निस्केर आइन्, र भनिन्, “इस्राएलका राजाको निम्ति आज कस्तो गौरवको दिन! तिनले आफ्ना दासीहरूका दृष्टिमा नाङ्गो बनेर आफैलाई ढँटुवारेजस्तै बनाए।” दाऊदले मीकललाई जवाफ दिए, “तिम्रा पिता र उनका घरानाको कसैको सट्टामा मलाई उहाँको प्रजा इस्राएलका राजा चुन्नुहुने परमप्रभुको सामुन्ने त्यो गरिएको थियो। परमप्रभुको सामुन्ने म उत्सव मनाउनेछु। म आफ्नो दृष्टिमा अझै बढ़ी अपमानित बन्नेछु। तर ती दासीहरू, जसका विषयमा तिमीले मलाई भन्यौ, तिनीहरूले यसको निम्ति मलाई मान गर्नेछन्।”
२ शमूएल 6 पढ्नुहोस्
सुन्नुहोस् २ शमूएल 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 6:16-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू