२ कोरिन्थी 12:7-11

२ कोरिन्थी 12:7-11 NNRV

तर प्रशस्‍त प्रकाशहरूको कारण घमण्‍डले म बढ्‌ता नफुलूँ भनेर मलाई सताउन र घमण्‍डबाट रोक्‍नलाई शैतानको दूत, अर्थात्‌ एउटा काँढ़ो मेरो शरीरमा दिइयो। यो मबाट हटोस्‌ भनेर मैले तीन पल्‍ट प्रभुसित बिन्‍ती गरें। तर मलाई उहाँले भन्‍नुभयो, “मेरो अनुग्रह तेरो निम्‍ति पर्याप्‍त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्‍छ।” यसकारण ख्रीष्‍टको शक्ति ममा वास गरोस्‌ भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु। यसकारण ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्‌हरूमा म सन्‍तुष्‍ट रहन्‍छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु। म मूर्ख भएको छु। तिमीहरूले मलाई यसो गर्नु कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्नेथियो। किनभने म केही नभए तापनि सर्वोच्‍च प्रेरितहरूभन्‍दा म तुच्‍छ छैनँ।