२ कोरिन्थी 1:8-14

२ कोरिन्थी 1:8-14 NNRV

भाइ हो, हामीले एशियामा भोगेका दुःखको विषयमा तिमीहरू अजान रहो भन्‍ने हामी चाहँदैनौं। किनभने हामी सहन नसक्‍ने किसिमले यति साह्रो मिचिएका थियौं, कि जीवनदेखि हामीले हरेस खाइसकेका थियौं। हामीलाई त मृत्‍युदण्‍ड नै पाएझैँ लागेको थियो। हामी आफैमाथि होइन तर मृतकहरूलाई जीवन दिई उठाउनुहुने परमेश्‍वरमाथि हामी भर परौं भनेर यो हुन आयो। उहाँले हामीलाई यस्‍तो भयानक जोखिमबाट छुटाउनुभयो, अनि उहाँले हामीलाई छुटाउनुहुनेछ। उहाँमाथि नै हामीले हाम्रो भरोसा राखेका छौं, कि उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ। तिमीहरूले पनि प्रार्थनाद्वारा हामीलाई सहायता गर्नैपर्छ। तब धेरै प्रार्थनाको प्रत्‍युत्तरमा हामीलाई प्राप्‍त भएको आशिष्‌को निम्‍ति धेरैले हाम्रा पक्षमा धन्‍यवाद चढ़ाउनेछन्‌। यस कुरामा हामी गर्व गर्छौं, अनि हाम्रो विवेकले पनि त्‍यसको गवाही दिन्‍छ, कि संसारमा र विशेष गरी तिमीहरूसँगको हाम्रो सम्‍बन्‍धमा हामी पवित्रता र ईश्‍वरीय सत्‍यतामा चलेका छौं, यो सांसारिक बुद्धिअनुसार होइन, तर परमेश्‍वरको अनुग्रहबाट हो। किनकि तिमीहरूले पढ्‌न र बुझ्‍न नसक्‍ने केही कुरा हामी तिमीहरूलाई लेख्‍दैनौं, र म आशा गर्दछु, कि तिमीहरूले पूर्ण रूपले बुझ्‍नेछौ, कि जसरी तिमीहरूले हामीलाई केही मात्रामा बुझेका छौ, त्‍यसरी नै हाम्रा प्रभु येशूको दिनमा तिमीहरूले हामीलाई सम्‍पूर्ण प्रकारले बुझ्‍नेछौ, र तिमीहरू हाम्रा निम्‍ति गर्व गर्न सक्‍नेछौ, जसरी हामी तिमीहरूका निम्‍ति गर्व गर्न सक्‍नेछौं।