२ कोरिन्थी 1:8-14

२ कोरिन्थी 1:8-14 सरल नेपाली

भाइ हो, एशियामा हामीले भोगेको दु:खको बारेमा म तिमीहरूलाई सम्‍झना गराउन चाहन्‍छु। त्‍यहाँ हामीले यति साह्रो दु:ख पायौं, हामी बाँचौंला भन्‍ने आशै थिएन। हामीलाई त अब ‘लौ, मर्ने बेला नै आइसकेछ’ भन्‍नेजस्‍तो लागेको थियो। आफैंमा भर पर्न होइन तर मरेकाहरूलाई नै बिउँताउनुहुने परमेश्‍वरमा मात्रै भर पर्न सकौं भनेर यस्‍तो भएको रहेछ। उहाँले हामीलाई मृत्‍युको मुखबाट बचाउनुभयो र बचाउनुहुन्‍छ पनि। हामीले उहाँमा पूरा आशा राखेका छौं कि उहाँले हामीलाई फेरि पनि बचाउनुहुनेछ। यसको लागि तिमीहरूको प्रार्थनाको सहायता हामीलाई चाहिन्‍छ। यसरी प्रार्थना गर्दा हाम्रा निम्‍ति चढाएका धेरै प्रार्थनाहरूको उत्तरमा परमेश्‍वरले हामीलाई आशीर्वाद दिनुहुनेछ र धेरैले हाम्रो लागि धन्‍यवाद दिनेछन्। हामी नहिच्किचाई भन्‍न सक्‍दछौं कि यस संसारमा मात्र होइन तर तिमीहरूको अगि पनि हाम्रा चालचलन चोखो राख्‍यौं। यो साँचो मन हामीले परमेश्‍वरबाट पाएका हौं। यो परमेश्‍वरको अनुग्रहले मिलेको हो, मान्‍छेको ज्ञानले होइन। हामी तिमीहरूले सोझै पढेर बुझ्‍ने कुराहरू मात्र लेख्‍छौं। अहिलेसम्‍म तिमीहरूले थोरै मात्र बुझेका छौ, तर अब हामीलाई राम्ररी बुझ्‍नेछौ भन्‍ने आशा लागेको छ। प्रभु येशू आउनुहुँदा हामीले तिमीहरूका बारेमा घमण्‍ड गरेझैँ तिमीहरूले पनि हाम्रो बारेमा घमण्‍ड गर्न सक्‍छौ।

२ कोरिन्थी 1 पढ्नुहोस्