१ शमूएल 24:3-4

१ शमूएल 24:3-4 NNRV

त्‍यहाँ बाटोको छेउमा केही भेड़ा-गोठहरू थिए, छेवैमा एउटा गुफा थियो। त्‍यसैको पल्‍लो कुनामा दाऊद र तिनका मानिसहरू लुकेर बसिरहेका थिए। शाऊल त्‍यस गुफामा आएर दिसा बस्‍नलाई भित्र पसे। दाऊदका मानिसहरूले तिनलाई भने, “दिन यही हो जसको बारेमा परमप्रभुले प्रतिज्ञा गर्नुभयो कि उहाँले हजूरको शत्रुलाई हजूरको हातमा सुम्‍पिदिनुहुन्छ, र हजूरलाई जे इच्‍छा लाग्‍छ त्यो गर्न सक्नुहुन्छ।” दाऊद बिस्‍तार गएर शाऊलको खास्‍टोको एक छेउ काटे।