१ शमूएल 24:3-4
१ शमूएल 24:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यहाँ बाटोको छेउमा केही भेड़ा-गोठहरू थिए, छेवैमा एउटा गुफा थियो। त्यसैको पल्लो कुनामा दाऊद र तिनका मानिसहरू लुकेर बसिरहेका थिए। शाऊल त्यस गुफामा आएर दिसा बस्नलाई भित्र पसे। दाऊदका मानिसहरूले तिनलाई भने, “दिन यही हो जसको बारेमा परमप्रभुले प्रतिज्ञा गर्नुभयो कि उहाँले हजूरको शत्रुलाई हजूरको हातमा सुम्पिदिनुहुन्छ, र हजूरलाई जे इच्छा लाग्छ त्यो गर्न सक्नुहुन्छ।” दाऊद बिस्तार गएर शाऊलको खास्टोको एक छेउ काटे।
१ शमूएल 24:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनी बाटो छेउको भेडागोठमा आइपुगे; जहाँ एउटा ओडार थियो, अनि शाऊल दिसा बस्नलाई गए। दावीद र तिनका मानिसहरू त्यस ओडारभित्र लुकेर बसेका थिए। ती मानिसहरूले भने, “याहवेहले तपाईंलाई ‘म तेरो शत्रुलाई तेरो हातमा सुम्पिदिनेछु र तैँले जे मन लाग्छ, त्यसलाई त्यसै गर्नू’ भन्नुभएको दिन यही हो।” तब दावीद थाहा नपाउने तरिकाले घस्रँदै गएर शाऊलको खास्टोको एक किनार काटे।
१ शमूएल 24:3-4 पवित्र बाइबल (NERV)
शाऊल बाटो छेउको भेंडा गोठमा आए। त्यहाँ छेउमा एउटा गुफा थियो। शाऊल आफैंलाई लुकाउन गुफा भित्र पसे। दाऊद र तिनका मानिसहरू धेरै पर गुफाभित्र लुकिरहेका थिए। मानिसहरूले दाऊदलाई भने, “आज परमप्रभुले भन्नुभएको दिन होइन? उहाँले तपाईंलाई भन्नु भएको थियो, ‘तिम्रो शत्रुलाई म तिम्रो हातमा सुम्पिदिनेछु, त्यसपछि तिम्रो इच्छानुसार तिम्रो शत्रुलाई जे गर्छौ गर।’” त्यसपछि दाऊद घस्रँदै-घस्रँदै शाऊलको छेउ पुगे। दाऊदले शाऊलको खास्टोको एक टुक्रा चाल नपाई काटिदिए।
१ शमूएल 24:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनी बाटोको छेउमा भएका भेडाका खोरका छेउमा एउटा ओडारमा आए र दिसा बस्न त्योभित्र पसे। त्यही ओडारको भित्री कुनामा दाऊद र तिनका मानिसहरू लुकिबसेका थिए। तिनीहरूले उनलाई भने, “अहिले तपाईंको मौका छ! परमप्रभुले तपाईंलाई भन्नुभयो कि उहाँले तपाईंको शत्रुलाई तपाईंका हातमा दिनुहुनेछ र त्योसित तपाईं जे चाहनुहुन्छ, सो गर्न सक्नुहुन्छ।” दाऊदले घस्रँदै गएर शाऊलले थाहा नपाई तिनको खास्टोको एक छेउ काटिदिए।