जब बिदा हुन शाऊल शमूएलबाट फर्के तब परमेश्वरले उनको मन नयाँ तुल्याइदिनुभयो। त्यही दिन यी सबै चिन्ह पूरा भए। जब उनीहरू गिबामा पुगे तब अगमवक्ताहरूको एक दल उनलाई भेट्नलाई आइरहेको थियो, अनि परमेश्वरका आत्मा तुरुन्तै उनमा शक्तिसित आउनुभयो, र उनी पनि तिनीहरूको अगमवाणीमा सरिक भए। जब उनलाई अघि चिन्ने मानिसहरूले उनलाई अगमवक्ताहरूजस्तै अगमवाणी बोलिरहेका देखे, तब तिनीहरू एउटाले अर्कालाई भन्न लागे, “कीशका छोरालाई यो के भएको हो? के शाऊल पनि अगमवक्ताकै दलमा छन्?” त्यस ठाउँको एक जना मानिसले भन्यो, “तिनीहरूका पिता को हुन्?” यसैकारण यो उखान चल्न लाग्यो: “के शाऊल पनि अगमवक्ताकै दलका हुन्?” शाऊलले अगमवाणी बोल्न छोड़ेपछि उनी डाँड़ाको थानमा गए।
१ शमूएल 10 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 10:9-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू