१ कोरिन्थी 2:1-5

१ कोरिन्थी 2:1-5 NNRV

भाइ हो, म तिमीहरूकहाँ आउँदा, ठूला-ठूला कुराहरू र बुद्धिमा परमेश्‍वरका गवाहीको घोषणा गर्दै आइनँ। किनकि तिमीहरूसँग हुँदा येशू ख्रीष्‍ट र उहाँलाई क्रूसमा टाँगेका कुराबाहेक अरू केही नजान्‍ने नै मैले निश्‍चय गरेको थिएँ। म तिमीहरूकहाँ दुर्बलतामा र ज्‍यादै डर र कम्‍पसाथ आएँ। मेरो उपदेश र सन्‍देश घतलाग्‍दो र बुद्धिपूर्ण शब्‍दमा थिएन, तर पवित्र आत्‍माको र शक्तिको प्रदर्शनमा थियो, ताकि तिमीहरूको विश्‍वास मानिसको बुद्धिमा होइन, तर परमेश्‍वरको शक्तिमा आधारित होस्‌।