१ कोरिन्थी 2:1-5 - Compare All Versions
१ कोरिन्थी 2:1-5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, म तिमीहरूकहाँ आउँदा, ठूला-ठूला कुराहरू र बुद्धिमा परमेश्वरका गवाहीको घोषणा गर्दै आइनँ। किनकि तिमीहरूसँग हुँदा येशू ख्रीष्ट र उहाँलाई क्रूसमा टाँगेका कुराबाहेक अरू केही नजान्ने नै मैले निश्चय गरेको थिएँ। म तिमीहरूकहाँ दुर्बलतामा र ज्यादै डर र कम्पसाथ आएँ। मेरो उपदेश र सन्देश घतलाग्दो र बुद्धिपूर्ण शब्दमा थिएन, तर पवित्र आत्माको र शक्तिको प्रदर्शनमा थियो, ताकि तिमीहरूको विश्वास मानिसको बुद्धिमा होइन, तर परमेश्वरको शक्तिमा आधारित होस्।
१ कोरिन्थी 2:1-5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरू हो, जब म तिमीहरूकहाँ आएँ, तब म मानिसको बुद्धि र चलाखीपूर्ण वचनमा आइनँ, तर मैले तिमीहरूलाई परमेश्वरको रहस्यको बारेमा गवाही दिँदै आएँ। किनकि म तिमीहरूका बीचमा हुँदा येशू ख्रीष्ट र उहाँ क्रूसमा टाँगिनुभएको कुराबाहेक अरू केही कुरा नजान्ने निर्णय गरेँ। म तिमीहरूकहाँ दुर्बलतामा साह्रै डर र कम्पसाथ आएँ। मेरो शिक्षा बुद्धि र लोभ्याउने शब्दहरूमा थिएन, तर आत्मिक शक्तिको प्रदर्शनमा थियो; ताकि तिमीहरूका विश्वास मानिसहरूका बुद्धिमा नभएर परमेश्वरको शक्तिमा आधारित होस्।
१ कोरिन्थी 2:1-5 NERV (पवित्र बाइबल)
प्यारा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, जब म तिमीहरू कहाँ आएँ, मैले तिमीहरूलाई परमेश्वरको सत्य घोषणा गरें। तर मैले आलंकारिक शब्द लगाएर वा ज्ञानको कुरा गरीनँ। जतिन्जेल सम्म म तिमीहरूसित थिँए, येशू ख्रीष्ट र उहाँको क्रूसको मृत्यु बाहेक अरू सब कुरा बिर्सौ भन्ने मैले निश्चय गरेको थिँए। जब म तिमीहरूकहाँ आएँ, म कमजोर थिँए अनि डरले कामिरहेको थिएँ। मेरो वचन र प्रचार मानिसहरूलाई फुस्लाउने ज्ञानीका शब्दहरू थिएनन्, तर मेरो शिक्षाको प्रमाण शक्ति थियो जुन आत्मादेखि आउँछ। तिमीहरूको विश्वास मानिसको ज्ञानमा होइन तर परमेश्वरको शक्तिमा आधारित होस् भनि मैले त्यसो गरें।
१ कोरिन्थी 2:1-5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
भाइहरू, तिमीहरूकहाँ परमेश्वरको रहस्य बताउन आउँदा बोलीको बठ्याइँ र ज्ञानको धाक मैले देखाइनँ। तिमीहरूकहाँ हुँदा मैले येशू ख्रीष्ट र क्रूसमा भएको उहाँको बलिदानबाहेक सबै थोकलाई बिर्सिदिने अठोट गरें। म तिमीहरूकहाँ आउँदा कमजोर थिएँ र डरले काम्दै बसें। मैले बोल्दा र प्रचार गर्दा बोलीको बठ्याइँ र बुद्धिका ठूला-ठूला शब्दहरू चलाइनँ; तर परमेश्वरका आत्मा र शक्तिको पक्का सबुत दिएर मैले प्रचार गरें। यसैले तिमीहरूको विश्वास मानिसको ज्ञान-बुद्धिमा होइन तर परमेश्वरको शक्तिमा अडिएको छ।