1
रोमी 6:23
नेपाली नयाँ संशोधित संस्करण
NNRV
किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।
तुलना
अन्वेषण गर्नुहोस् रोमी 6:23
2
रोमी 6:14
किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ।
अन्वेषण गर्नुहोस् रोमी 6:14
3
रोमी 6:4
यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं।
अन्वेषण गर्नुहोस् रोमी 6:4
4
रोमी 6:13
आफ्ना शरीरका अङ्गहरू दुष्टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर। तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरूजस्तै आफैलाई परमेश्वरकहाँ दिइहाल, र शरीरका अङ्गहरूलाई धार्मिकताका साधनजस्तै परमेश्वरकहाँ समर्पण गर।
अन्वेषण गर्नुहोस् रोमी 6:13
5
रोमी 6:6
हामी जान्दछौं कि हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रूसमा टाँगियो, ताकि हाम्रो पापमय शरीर नाश होस्, र अब उसो हामी पापका कमारा नहोऔं।
अन्वेषण गर्नुहोस् रोमी 6:6
6
रोमी 6:11
यसै गरी तिमीहरूले पनि आफू-आफूलाई पापको लेखि मरेका, तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नुपर्छ।
अन्वेषण गर्नुहोस् रोमी 6:11
7
रोमी 6:1-2
अब हामी के भनौं? के अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापमा लागिरहौं त? त्यसो नहोस्! हामी जो पापको लेखि मर्यौं, त कसरी हामी अझै त्यसैमा जिउनु?
अन्वेषण गर्नुहोस् रोमी 6:1-2
8
रोमी 6:16
के तिमीहरू जान्दैनौ, आज्ञाकारी कमाराको रूपमा आफैलाई जसकहाँ समर्पण गर्छौ, जसको आज्ञा तिमी पालन गर्छौ, त्यसको कमारा पनि हुन्छौ? कि त मृत्युतिर लाने पापको कमारा अथवा धार्मिकतातिर लाने आज्ञाकारिताको?
अन्वेषण गर्नुहोस् रोमी 6:16
9
रोमी 6:17-18
तर परमेश्वरलाई धन्यवाद होस्, कि तिमीहरू, जो एक पल्ट पापका कमारा थियौ अब जुन शिक्षाको नमूनामा तिमीहरू सुम्पिएका थियौ, त्यो हृदयले पालन गर्ने भएका छौ। तिमीहरू पापबाट मुक्त गराइएर धार्मिकताका कमारा बनेका छौ।
अन्वेषण गर्नुहोस् रोमी 6:17-18