YouVersion logotips
Meklēt ikonu

जकरिया 13

13
1सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यो समय आएपछि एउटा पानीको मूल फुटेर आउनेछ र त्‍यस पानीले दाऊदका सन्‍तानहरू र यरूशलेमका बासिन्‍दाहरूलाई तिनीहरूका पाप र अशुद्धताबाट शुद्ध पार्नेछ। 2त्‍यस बेला म त्‍यस देशबाट मूर्तिहरूको नाम-निशाना मेटिदिनेछु र फेरि कसैले तिनीहरूको सम्‍झना गर्नेछैन। आफैंलाई म अगमवक्ता हुँ भनी भन्‍नेहरूलाई र अशुद्ध आत्‍मालाई म देशबाट हटाइदिनेछु। 3तैपनि कसैले अगमवाणी बोल्‍ने ढिपी गर्छ भने त्‍यसका आफ्‍ना आमा-बुबाले नै त्‍यसलाई तँ मारिनुपर्नेछ भन्‍नेछन् किनभने त्‍यसले परमप्रभुको वचन बोल्‍दै छु भन्‍छ; तर त्‍यसले झूटै कुरा बोल्‍छ। त्‍यसले अगमवाणी गर्दा त्‍यसैका आमा-बुबाले त्‍यसलाई घोचेर मार्नेछन्। 4त्‍यस दिन हरेक अगमवक्ता आफ्‍नै पाएको दर्शनदेखि लजाउनेछ र अगमवाणीको धोका दिनलाई अगमवक्ताले रौंको वस्‍त्र लाउनेछैन। 5त्‍यसको सट्टामा त्‍यसले यसो भन्‍नेछ, ‘म अगमवक्ता होइनँ। म एउटा किसान हुँ। मैले सारा जीवन खेती गर्दैआएको छु।’ 6कसैले त्‍यसलाई ‘तिम्रो छातीमा केको चोट परेको हो?’ भनी सोधे त्‍यसले यस्‍तो जवाफ दिनेछ, ‘यो चोट मलाई मेरो साथीको घरमा लागेको हो।”
परमेश्‍वरको गोठालोलाई मार्ने आज्ञा
7 # मत्ती 26:31; मर्कूस 14:27 सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “ए तरवार! उठ् र मेरो काम गर्ने गोठालोलाई हमला गर्‌, त्‍यसलाई मार्‌ र भेडाहरू छरपष्‍ट हुनेछन्। म आफ्‍नो प्रजामाथि आक्रमण गर्नेछु 8र देशभरि दुई तिहाइ मानिसहरू मर्नेछन्। अनि एक तिहाइ बाँच्‍नेछन्। 9बाँचेका एक तिहाइको म जाँच लिनेछु र आगोले चाँदी निखारेझैँ म तिनीहरूलाई निखार्नेछु। सुन जाँचेझैँ म तिनीहरूलाई जाँच्‍नेछु। तब तिनीहरूले मलाई बिन्‍ती गर्नेछन् र म तिनीहरूलाई उत्तर दिनेछु। तिनीहरू मेरा प्रजा हुन् भनी म तिनीहरूलाई भन्‍नेछु र म तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले भन्‍नेछन्।”

Izceltais

Dalīties

Kopēt

None

Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties