मीका 3
3
इस्राएलका अगुवाहरूलाई दोष
1हे इस्राएलका अगुवाहरू हो, सुन! तिमीहरूले न्यायको बारेमा ध्यान दिनुपर्ने हो। 2तर तिमीहरूले असल कुरालाई घृणा गर्दछौ र दुष्ट कुरा मन पराउँछौ। तिमीहरू मेरा प्रजाको छाला काढ्छौ र तिनीहरूका मासु हड्डीबाट लुछ्छौ। 3तिमीहरूले मेरा मानिसहरूको मासु खान्छौ, तिनीहरूका छाला काढ्छौ, हड्डी भाँच्छौ र भाँडामा पकाउन तयार पारेका मासुझैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्छौ। 4समय आउँदै छ, जब तिमीहरूले परमप्रभुलाई पुकार्नेछौ तर उहाँले तिमीहरूलाई उत्तर दिनुहुनेछैन। तिमीहरूका दुष्ट कामहरूले गर्दा उहाँले तिमीहरूको पुकार सुन्नुहुनेछैन।
5मेरा प्रजालाई ती अगमवक्ताहरूले धोका दिएका छन्, जसले पैसा लिएर तिमीहरूलाई शान्ति हुनेछ भनी वचन दिन्छन् र पैसा नदिनेलाई तिमीहरू लडाइँमा पर्नेछौ भनी तर्साउँछन्। त्यस्ता अगमवक्ताहरूलाई परमप्रभु भन्नुहुन्छ, 6“हे अगमवक्ताहरू हो! तिमीहरूको दिन सकिन आँट्यो, तिमीहरूलाई अन्धकारले छोप्दै छ। तिमीहरूले अगमवाणीका दर्शनहरू पाउँनेछैनौ र भविष्यवाणी पनि गर्न सक्नेछैनौ।” 7भविष्यवाणी गर्नेहरू झूटा ठहरिनेछन् र तिनीहरूको बदनाम हुनेछ। तिनीहरू सबै लाजमा पर्नेछन् किनभने परमेश्वरले तिनीहरूलाई कुनै कुराको पनि उत्तर दिनुहुनेछैन।
8तर मलाई चाहिँ परमप्रभुले आफ्ना आत्मा र शक्तिले भर्नुहुनेछ र इस्राएलका मानिसहरूलाई तिनीहरूका पाप बताउन साहस र न्यायको ज्ञान दिनुहुनेछ। 9हे इस्राएलका शासकहरू हो, तिमीहरू, जो न्यायलाई तिरस्कार गर्दछौ र राम्रोलाई नराम्रो पार्दछौ, सुन। 10तिमीहरूले परमेश्वरको सहर, यरूशलेमलाई हत्या र अन्यायको जगमाथि बनाइरहेका छौ। 11सहरका शासकहरूले घुसको निम्ति शासन गर्छन्, पूजाहारीहरूले ज्यालाको निम्ति व्यवस्था-विधिको अर्थ खोल्छन्, अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी कहन्छन् र तिनीहरू सबै हामीसँग परमप्रभु हुनुहुन्छ भनी दाबी गर्छन्। तिनीहरू भन्छन्, “हाम्रो केही क्षति हुनेछैन। परमप्रभु हामीसित हुनुहुन्छ।”
12 #
यर्मिया 26:18
यसकारण तिमीहरूले गर्दा सियोन खेत जोतेझैँ जोतिनेछ, यरूशलेम ध्वंस भएर रास लाग्नेछ र मन्दिरको डाँडा जङ्गल बन्नेछ।
Pašlaik izvēlēts:
मीका 3: सरल नेपाली
Izceltais
Dalīties
Kopēt
Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.