लूका 11
11
येशूले सिकाउनुभएको प्रार्थना
(मत्ती ६:९-१३; ७:७-११)
1एकपल्ट कुनै एक ठाउँमा प्रभु येशू प्रार्थना गरिरहनुभएको थियो। प्रार्थना गरिसक्नुभएपछि उहाँका एउटा चेलाले भने, “प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाएजस्तै हामीलाई पनि सिकाउनुहोस्।” 2येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले यसरी प्रार्थना गर–
हे परमेश्वर पिता,
तपाईंको नाउँ पवित्र गरियोस्,
तपाईंको राज्य आओस्,
3दिनहुँ चाहिने खानेकुरा हामीलाई हरेक दिन दिनुहोस्।
4हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस्
किनभने हाम्रो विरुद्धमा पाप गर्ने सबैलाई हामी पनि क्षमा गर्छौं।
अनि हामीलाई खप्न नसक्ने जाँचमा नपार्नुहोस्।”
5त्यसपछि येशूले चेलाहरूलाई भन्नुभयो, “मानौं, तिमीहरू कसैको कोही साथी होला। आधा रातमा त्यस साथीकहाँ गएर भन्छौ, ‘ए साथी, तीन वटा रोटी पैंचो देऊ न। 6मेरो घरमा एक जना साथी धेरै टाढाबाट आएका छन्। तर मसित खानेकुरा केही छैन’। 7त्यस साथीले भित्रबाटै भन्यो, ‘मलाई दु:ख नदेऊ। ढोका लगाइसकें, बालकहरूसँग सुतिसकेको छु। अहिले म उठेर तिमीलाई केही पनि दिन सक्दिनँ’।” 8यति भनिसक्नुभएपछि येशूले तिनीहरूलाई सम्झाउनुभयो, “म तिमीहरूलाई भन्छु, उसले साथी सम्झेर नदिए पनि उसले एकोहोरो मागिरह्यो भने ऊ उठ्नेछ र मागे जति सबै उसलाई दिनेछ।
9“त्यसैले म तिमीहरूलाई भन्छु, माग त पाउनेछौ, खोज त भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूको लागि ढोका उघारिनेछ 10किनभने माग्नेले पाउँछ, खोज्नेले भेट्टाउँछ र ढकढक्याउँनेका लागि ढोका उघारिनेछ। 11के तिमीहरूमध्ये कोही यस्तो बुबा पनि होला, जसले छोराले माछा माग्दा सर्प दिन्छ, 12वा फुल माग्दा बिच्छी दिन्छ? 13तिमीहरू दुष्ट भएर पनि आफ्ना छोरा-छोरीलाई असल कुरा दिन जान्दछौ भने झन् स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई कति बढी गरी पवित्र आत्मा दिनुहुन्छ।”
येशूमाथि शङ्का
(मत्ती १२:२२-३०,४३-४५; मर्कूस ३:२०-२७)
14एक जना मानिसलाई भूतले लाटो बनाएको थियो। अनि येशूले उसभित्र भएको भूत निकालेपछि त्यो मानिस बोल्न थाल्यो। यो देखेर मानिसहरू छक्कै परे। 15#मत्ती 9:34; 10:25तर तिनीहरूमध्ये कतिले भने, “यिनले त भूतको राजा बालजिबुलको शक्तिले भूत निकालेका हुन्।” 16#मत्ती 12:38; 16:1; मर्कूस 8:11कतिले चाहिँ उहाँको जाँच लिन खोज्दै भने, “यो काम परमेश्वरको शक्तिले गरेको हो भने हामीलाई स्वर्गबाट एउटा चिन्ह देखाउनुहोस्।” 17तिनीहरूको विचार बुझेर येशूले भन्नुभयो, “कुनै पनि देशमा फुट छ भने त्यो आफैं नाश हुन्छ। आफैंभित्र झगडा भएको घर पनि नाश हुन्छ। 18त्यसैगरी यदि शैतानले आफ्नो विरोध आफैं गर्छ भने त्यसको राज्य कसरी टिक्न सक्छ र? तिमीहरू मलाई भूतको राजा बालजिबुलको शक्तिले भूत निकाल्छ भन्छौ। 19त्यसो भए तिमीहरूका चेलाहरूले चाहिँ कसको शक्तिले निकाल्छन् त? तिमीहरूका आफ्ना चेलाहरूले नै तिमीहरूले गरेको गलत कुरा देखाइदिन्छन्। 20मैले परमेश्वरको शक्तिले भूत निकाल्छु भने परमेश्वरको राज्य तिमीहरूको बीचमा आइसकेको छ। 21हतियार भिरेको बलियो मानिसले घरको हेरचाहा गर्यो भने सबै मालसामानको रक्षा हुन्छ। 22तर ऊभन्दा बलियो मानिस आयो भने उसलाई जित्छ र उसले भर परेका सबै हतियारहरू खोस्छ अनि सामान पनि लुटेर लगी आफ्ना सहयोगीहरूसँग बाँड्चुँड् गर्छ। 23#मर्कूस 9:40मसँग नलाग्ने मानिस मेरो विरोधी हो। मलाई बटुल्न नसघाउनेले बटुलेको पनि छरपस्ट पारिदिन्छ।
24“कुनै मानिसबाट भूत निकालेपछि त्यो भूत उजाड-स्थानमा चारैतिर गएर आरामसँग बस्ने ठाउँ खोज्दै हिँड्छ। यस्तो ठाउँ कतै पनि नपाउँदा ‘पहिले बसेकै घरमा नै जानुपर्यो’ भनेर त्यो फर्कन्छ। 25त्यहाँ आइपुग्दा त्यसले अघिको घर सफा र सजिसजाउ भएको भेट्टाउँछ। 26यो देखेर त्यसले अरू सात वटा आफूभन्दा अझ दुष्ट भूतहरूलाई डाकेर ल्याउँछ र ती सबै भित्र पसेर बसोबास गर्छन्। त्यस मानिसको पहिलेको अवस्थाभन्दा पछिल्लो अवस्था झन् डरलाग्दो हुन्छ।”
साँचो सुख
27येशूले कुरा गर्दागर्दै मानिसको हुलबाट एक जना स्त्रीले कराएर भनिन्, “तपाईंलाई जन्म दिने र दूध खुवाउने आमा कति धन्य हुन्!” 28यो सुनेर येशूले भन्नुभयो, “बरु परमेश्वरको शिक्षा सुनेर पालन गर्नेहरू पो धन्य हुन्!”
योनाको चिन्ह
(मत्ती १२:३८-४२)
29 #
मत्ती 16:4; मर्कूस 8:12 मानिसको घुइँचो बढ्दैगयो। त्यसै बेला येशूले भन्नुभयो, “हिजो-आज मानिसहरू कति दुष्ट छन्! तिनीहरू शक्तिशाली चिन्ह हेर्न खोज्छन्। तर परमेश्वरले अगमवक्ता योनाको जीवनमा देखाउनुभएको जस्तो चिन्हबाहेक यिनीहरूले अरू कुनै पनि चिन्ह देख्न पाउनेछैनन्। 30#योना 3:4योना निनवे सहरका मानिसहरूका लागि चिन्ह भएजस्तै हिजो-आजका मानिसहरूका लागि म मानव पुत्र नै चिन्ह हुँ। 31#१ राजा 10:1-10; २ इतिहास 9:1-12न्यायको दिनमा दक्षिणको शेबा देशकी रानीले उभिएर हिजो-आजका मानिसहरूलाई दोष लगाउनेछिन् किनभने सोलोमन राजाका ज्ञानका कुरा सुन्न उनी धेरै टाढाबाट धाएर आइन्। तर हेर, सोलोमनभन्दा पनि ठूलो एक जना यहाँ छ। 32#योना 3:5न्यायको दिनमा निनवे सहरका मानिसहरूले उभिएर अहिलेका मानिसहरूलाई दोष लगाउनेछन् किनभने योनाले परमेश्वरको शिक्षा प्रचार गर्दा तिनीहरूले आ-आफ्नो पापलाई मानेर छोडे। तर हेर, योनाभन्दा पनि ठूलो एक जना यहाँ छ।
जीवनको उज्यालो
(मत्ती ५:१५; ६:२२-२३)
33 #
मत्ती 5:15; मर्कूस 4:21; लूका 8:16 “बत्ती बालेर कसैले पाथीले छोप्दैन अनि लुकाएर पनि राख्दैन। बरु भित्र आउने मानिसलाई उज्यालो होस् भनेर अग्लो ठाउँमा राखिदिन्छ। 34तिम्रो शरीरको बत्तीचाहिँ तिम्रा आँखा हुन्। आँखा सफा छन् भने पूरै शरीरले त्यसको ज्योतिबाट फाइदा उठाउँछ। तर यदि आँखा धमिला छन् भने त्यसको अँध्यारोले गर्दा पूरै शरीरले दु:ख पाउँछ। 35त्यसैले होशियार होऊ, तिम्रो हृदयका आँखा धमिला नहोऊन्, नत्र त अँध्यारोले तिमीभित्र भएको उज्यालोलाई छोप्ला। 36तिम्रो शरीरको कुनै पनि अङ्ग अध्याँरोमा नरहेर पूरा उज्यालो छ भने त्यो पूरै चम्कन्छ, जसरी बत्तीको उज्यालो तिमीमाथि चम्कन्छ।
फरिसी र धर्म-गुरुहरूलाई येशूको चेतावनी
(मत्ती २३:१-३६; मर्कूस १२:३८-४०)
37येशूले यो कुरा भनिसकेपछि एक जना फरिसीले उहाँलाई आफ्नो घरमा खान बोलाए। येशू तिनको घरमा गएर खान बस्नुभयो। 38येशूले आफूलाई नचोख्याई खानुभएको देखेर उहाँलाई निम्त्याउने फरिसी छक्कै परे 39अनि प्रभुले तिनलाई भन्नुभयो, “तिमी फरिसीहरू थाल र कचौरा माझेजस्तै आफूलाई बाहिरपट्टि त चोख्याउँछौ, तर भित्र भने तिमीहरू लोभ र दुष्टताले भरिएका छौ। 40ए मूर्ख हो, के तिमीहरू बुझ्दैनौ? के बाहिरको रूप बनाउनुहुने परमेश्वरले भित्री मन पनि बनाउनुभएको होइन र? 41थाल कचौरामा भएका कुराहरू गरीबलाई दान गर र तिमीहरूको निम्ति सबै कुरा चोखो हुनेछन्।
42 #
लेवी 27:30
“तिमी फरिसीहरूलाई धिक्कार! पुदिना, आरूद र अरू जडीबुटीको उब्जनीबाट दशांश परमेश्वरलाई चढाउँछौ, तर न्याय र परमेश्वरलाई प्रेम गर्ने कुरालाई चाहिँ वास्तै गर्दैनौ। ती अरू कुराको साथसाथै तिमीहरूले न्याय र प्रेम पनि गर्ने गर।
43“तिमी फरिसीहरूलाई धिक्कार! सभाघरमा मुख्य ठाउँमा बस्न र बजारतिर अरूले अभिवादन गरेको चाहन्छौ। 44तिमीहरूलाई धिक्कार! तिमीहरू त चिन्न नसकिने चिहानजस्ता छौ। त्यस्ता नदेखिने चिहानमाथिबाट त मानिस चालै नपाई हिँड्छन्।”
45एक जना धर्म-गुरुले येशूलाई भने, “गुरुज्यू, यसो भनेर तपाईंले त हाम्रै पनि बेइज्जत गर्दै हुनुहुन्छ।” 46येशूले जवाफ दिनुभयो, “तिमी धर्म-गुरुहरूलाई पनि धिक्कार! तिमीहरू मानिसलाई धर्म-कर्मको गह्रौँ भारी बोकाउँछौ। तर आफूहरू भने भारी उठाउन त परै जाओस्, औँलालेसम्म पनि छुँदैनौ।
47“तिमीहरूलाई धिक्कार! तिमीहरूले आफ्नै पिता-पुर्खाले मारेका अगमवक्ताहरूका लागि राम्रा-राम्रा चिहानहरू बनाउँछौ। 48यसरी तिमीहरूले तिमीहरूका आफ्ना पिता-पुर्खाले यस्तो काम गरेका छन् भनेर स्वीकार गर्छौ। तिनीहरूले अगमवक्ताहरूलाई मारे अनि तिमीहरूले चाहिँ तिनीहरूका चिहान बनाउँछौ। 49त्यसैले सबै कुरा जान्नुहुने परमेश्वरले अघिबाट नै भन्नुभयो, ‘म तिनीहरूकहाँ अगमवक्ता र दूतहरू पठाउनेछु। तर तिनीहरूले कतिलाई खेदो गर्नेछन् र कतिलाई मार्नेछन्।’ 50यसकारण संसारको सुरुदेखि अहिलेसम्म मारिएका अगमवक्ताहरूका रगतको दोषको लेखा यही पुस्ताका मानिसहरूले नै दिनुपर्नेछ। 51#उत्पत्ति 4:8; २ इतिहास 24:20,21हो, म भन्छु, हाबिल मारिएको बेलादेखि मन्दिर र वेदीको बीचमा मारिएका जकरियासम्मका अगमवक्ताहरूको रगतको दोष जति सबै यही पुस्ताका मानिसहरूको थाप्लोमा नै पर्नेछ।
52“तिमी धर्म-गुरुहरूलाई धिक्कार! तिमीहरूसँग ज्ञान र बुद्धिको ढोका उघार्ने साँचो छ। तर तिमीहरू आफैं पनि भित्र पसेका छैनौ अनि अरूहरूलाई पनि पस्न दिएका छैनौ।”
53येशू त्यहाँदेखि जानुभएपछि धर्म-गुरु र फरिसीहरूले उहाँलाई असाध्य विरोध गर्न थाले र उहाँसँग धेरै कुराहरू सोध्न लागे। 54उहाँले जवाफ दिनुहुँदा कतै कुनै भुल भेटिन्छ कि भनेर तिनीहरूले दाउ हेर्न थाले।
Pašlaik izvēlēts:
लूका 11: सरल नेपाली
Izceltais
Dalīties
Kopēt

Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.