YouVersion logotips
Meklēt ikonu

योना पुस्‍तक परिचय

पुस्‍तक परिचय
योनाको पुस्‍तकमा एउटा अगमवक्ताको कामबारे वर्णन छ, जसले परमेश्‍वरको आज्ञापालन नगर्ने चेष्‍टा गर्‍यो। परमेश्‍वरले तिनलाई महान् अश्‍शूर साम्राज्‍यको राजधानी निनवे सहरमा जान भन्‍नुभयो। अश्‍शूरीहरू इस्राएलका दुश्‍मन थिए। परमेश्‍वरको समाचार लिई त्‍यहाँ जान योनाले चाहेनन्। कतिपय घटनाहरूपछि तिनी आनाकानी गर्दै आज्ञापालन गर्छन्। तर अन्‍तमा जब निनवेका मानिसहरूले पश्‍चात्ताप गर्छन् र तिनले भनेका कुरा पूरा हुँदैन, तिनी मनमनै रिसाउँछन्।
यस पुस्‍तकमा परमेश्‍वरले आफ्‍नो सृष्‍टिमाथि सम्‍पूर्ण अधिकार राख्‍नुहुन्‍छ भनी देखाइएको छ। तर सबैभन्दा बढी यस पुस्‍तकमा परमेश्‍वरलाई प्रेमी र कृपालु परमेश्‍वरको रूपमा देखाइएको छ, जसले आफ्‍नै प्रजाका दुश्‍मनलाई पनि दण्‍ड दिएर नाश गर्नुको सट्टामा क्षमा दिएर बचाउनुहुन्‍छ।
संक्षिप्‍त विषय-सूची
योनाको नियुक्‍ति र अनाज्ञाकारीता १:१-१७
योनाको पश्‍चात्ताप र छुटकारा २:१-१०
निनवेको विरुद्धमा योनाको सन्‍देश ३:१-१०
निनवेप्रति परमेश्‍वरको कृपा ४:१-११

Izceltais

Dalīties

Kopēt

None

Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties