योना 1
1
योनाको अनाज्ञाकारिता
1 #
२ राजा 14:25
एक दिन अमित्तैको छोरो योनासित परमप्रभु बोल्नुभयो। 2उहाँले भन्नुभयो, “त्यो ठूलो सहर निनवेमा जा र त्यसको विरुद्धमा बोल्। त्यहाँका मानिसहरू कति दुष्ट छन्, त्यो म जान्दछु।” 3तर योना परमप्रभुदेखि भाग्न विपरीत दिशातिर लागे। उनी योप्पा सहरमा पुगे र त्यहाँ तर्शीशमा जाने एउटा जहाज भेट्टाए। तर्शीश जानलाई भाडा तिरेर तिनी जहाजमा चढे। तर्शीशमा परमप्रभुदेखि टाढा हुनेछु भन्ने उनको विचार थियो। 4तर परमप्रभुले समुद्रमा ठूलो बतास चलाउनुभयो। समुद्रमा प्रचण्ड आँधी चल्यो र जहाज भत्किने डर भयो। 5नाविकहरू डराए र मद्दतको लागि आ-आफ्ना देवताहरूलाई पुकार्न थाले। त्यसपछि जहाज नडुबोस् भनी त्यसमा भएका मालमत्ता तिनीहरूले समुद्रमा फाल्न थाले। योनाचाहिँ जहाजको मालसामान राख्ने मुनिको भागमा मस्त निद्रामा थिए।
6जहाजको कप्तानले तिनलाई त्यहाँ भेटे र भने, “तिमी सुतेर के गर्दै छौ? उठ र आफ्ना परमेश्वरसँग मद्दतको लागि बिन्ती गर। सायद उहाँले हामीलाई टिठ्याउनुहुनेछ र हाम्रो ज्यान बचाइदिनुहुनेछ।”
7नाविकहरूले आपसमा भने, “हामी चिट्ठा हाली हेरौं कि कसको दोषले गर्दा हामीमाथि यो आपद् आइपर्यो।” तिनीहरूले चिट्ठा हाले र योनाको नाममा चिट्ठा पर्यो। 8तिनीहरूले उनलाई भने, “लौ, अब हामीलाई भन कसको दोषले गर्दा यो आपद् आएको हो? तिमी के काम गर्छौ? कहाँबाट आयौ? तिमी कुन देशको मानिस हौ? तिमी कुन जातिका हौ?”
9योनाले जवाफ दिए, “म हिब्रू हुँ। जल र स्थल दुवै बनाउनुहुने स्वर्गका परमेश्वर परमप्रभुलाई म पुज्दछु।” 10योनाले आफू परमप्रभुदेखि भागेको कुरा तिनीहरूलाई बताए।
नाविकहरू डराए र उनलाई भने, “तिमीले त डरलाग्दो काम पो गरेछौ।” 11आँधी एकोहोरो बढिरहेको थियो। यसकारण नाविकहरूले उनलाई सोधे, “आँधी रोक्नलाई हामीले अब तिमीलाई के गर्नुपर्ने हो?”
12योनाले जवाफ दिए, “मलाई समुद्रमा फालिदेओ र समुद्र शान्त हुनेछ। म जान्दछु, मेरो कसुरले गर्दा तिमीहरू यो घोर आँधीमा पर्यौ।”
13तापनि किनार लाउनलाई माझीहरूले जोडसित जहाज खियाए। तर आँधी झन्-झन् बढिरहेको थियो र तिनीहरूको केही सीप लागेन। 14यसकारण तिनीहरूले परमप्रभुलाई पुकार्दै कराए, “हे परमप्रभु! हामी बिन्ती गर्दछौं, यस मानिसको ज्यानको सट्टामा हाम्रो ज्यान नलिनुहोस्। हे परमप्रभु! यी सबैका लागि तपाईं नै जिम्मेवार हुनुहुन्छ। यी सबै तपाईंले गराउनुभएको हो।” 15त्यसपछि तिनीहरूले योनालाई उठाएर उर्लंदो समुद्रमा फालिदिए र तुरुन्तै समुद्र शान्त भयो। 16त्यसो हुँदा ती नाविकहरूले परमप्रभुको साह्रै डर माने र उहाँलाई बलिदान चढाए र उहाँको सेवा गर्ने प्रतिज्ञा गरे।
17 #
मत्ती 12:40
परमप्रभुको आज्ञाअनुसार एउटा ठूलो माछाले योनालाई निल्यो र तिनी त्यसको पेटभित्र तीन दिन र तीन रात रहे।
Pašlaik izvēlēts:
योना 1: सरल नेपाली
Izceltais
Dalīties
Kopēt
Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: