聖書アプリのロゴ
検索アイコン

नहूमको पुस्तक 2

2
निनवे नष्ट हुनेछ
1हे निनवे, तिम्रो बिरूद्धमा युद्ध गर्ने शत्रुहरू आउँदैछन्।
यसकारण तिमीले आफ्नो शहर शक्तिशाली भूमिहरू सुरक्षित राख।
बाटोमा रक्षागर र युद्धका निम्ति तयार होऊ।
लडाईंका निम्ति तत्पर होऊ।
2किभने परमप्रभुले इस्राएलको महिमा जस्तै
याकूबको महिमा फर्काएर ल्याउँदै हुनुहुन्छ।
शत्रुले तिनीहरूलाई ध्वंश पारेकोछ
अनि तिनीहरूको दाखबारि नष्ट पारेकोछ।
3ती सैनिकहरूको ढालहरू राताछन्।
तिनीहरूको पोशाक रातो चम्किलो छ।
उनीहरूको रथहरू लडाईंको पंक्तिमा राखिएकाछन्
अनि आगोको ज्वाला झैं चम्किरहेकाछन्।
तिनीहरूका भालाहरू ठाडो राखिएकाछन्।
4तिनीहरूका रथहरू बाटोमा अत्यन्तै बेगसित दौडन्छन्।
तिनीहरू खूल्ला मैदानमा यताउता गरिरहन्छन्।
तिनीहरू बलिरहेको राँको जस्तै,
ठाउँ-ठाउँबाट बिजुली चम्किरहे जस्तै देखिन्छन्।
5शत्रुले आफ्नो सर्वोत्तम सेनाहरूलाई बोलाइरहेका छन्।
तर जब तिनीहरू बाटोमा कदम मिलाएर अघि बढ्छन्,
तब तिनीहरू धर्मराउँछन्।
तिनीहरू भित्तातिर आतुरिंदै अघि बढ्छन्।
अनि तिनीहरूको रक्षा ढाल भित्ता भत्काउने यन्त्रमाथि राख्छन्।
6तर बाढीका फाटकहरू खुल्लाछन्।
शत्रुहरू बाढी झैं भित्र पसिरहेकाछन्,
अनि राजाको महल ध्वंश पारिंदैछ।
7हेर, शत्रुहरूले रानीलाई लाँदैछन्,
अनि तिनका नोकर्नीहरू छात्ती पिट्दै,
ढुकुर झैं विलाप गर्दैछन्।
8निनवे पानीको तलाऊ जस्तैछ
जसको पानी बगेर गइरहेकोछ।
मानिसहरू चिच्याउँदै भन्दैछन्,
“पर्ख! पर्ख! भागेर नजाऊ।”
तर न त कोही रोकिए,
न त कसैले त्यसको वास्ता नै गरे।
9हे, सैनिकहरू ज-जसले निनवेको नष्ट गरिरहेका छौ,
तिमीहरूले चाँदी लैजाऊ।
तिमीहरूले सुन लैजाऊ।
यहाँ सुन र चाँदीका धेरै वस्तुहरू छन्।
यहाँ धेरै बहुमूल्य वस्तुहरूछन्।
10अब निनवे रित्तियो।
प्रत्येक चिज चोरियो।
शहरको बिनाश भयो।
मानिसहरूको साहस हरायो
तिनीहरूको हृदय डरले गलेकोछ।
तिनीहरूको घुँडाहरू काम्दैछन्,
तिनीहरूको शरीर काम्छ,
तिनीहरूको अनुहार डरले पहेंलो भएकाछन्।
11सिंहहरूको गुफा अब खोई?
जहाँ सिंह अनि सिंहिनी बस्दथिए।
उनीहरूको डम्मरूहरू निर्भय साथ रहन्थे।
12जुन सिंहहरूले आफ्ना डम्मरूहरू,
र सिंहिनीहरूको निम्ति कति शिकार मारेको थियो,
अनि आफ्नो गुफा भरेको थियो।
त्यसले आफ्नो ओढारमा शिकार गरेर ल्याएका पशुहरूले
र चिथोरेका मासुहरूले भरपुर पार्थ्यो।
13सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
“निनवे म तिम्रो बिरूद्धमा छु।
म तिम्रो रथहरू जलाई दिनेछु।
म तिम्रो जवान सिंहहरूलाई तरवारले मारिदिनेछु।
तिमाले कसैलाई पनि पृथ्वीमा शिकार गर्नेछैनौ।
मानिसहरूले कहिल्यै पनि तिम्रो बारेमा नराम्रो समचारहरू सुन्ने छैनन्।”

ハイライト

コピー

比較

シェア

None

すべてのデバイスで、ハイライト箇所を保存したいですか? サインアップまたはサインインしてください。