聖書アプリのロゴ
検索アイコン

आमोसको पुस्तक 9:13-14

आमोसको पुस्तक 9:13-14 NERV

परमप्रभु भन्नुहुन्छ, “त्यो समय आइरहेछ, जब प्रत्येक प्रकारको भोजन ज्यादाहुन्छ। अब मानिसहरूले आफ्नो फसल काटिसकेका हुँदैनन्, हलो जोत्ने समय आइहाल्छ, मानिसहरू अहिले दाखरस निकाल्नको लागि बसेका हुन्छन्, फेरि दाखको रोप्ने समय आइहाल्छ। पहाडबाट दाखरसको धारा बग्ने छ अनि त्यो पहाडबाट झर्नेछन्। मेरो मानिस इस्राएलीहरूलाई कैदबाट फर्काएर ल्याउनेछु। तिनीहरूले त्यो नष्ट भएको शहर फेरि बनाउँनेछन् अनि तिनीहरू ती शहरमा बस्नेछन्। उनीहरूले दाख बारीहरू लाउनेछन् अनि तिनीहरूले उब्जाऊ गरेको दाखरस पिउनेछन्, उनीहरूले बगैंचाहरू रोप्नेछन् अनि त्यसबाट फलेको फलहरू खानेछन्।