आमोसको पुस्तक 7:14-15
आमोसको पुस्तक 7:14-15 NERV
तब आमोसले अमस्याहालाई जवाफ दियो, “म पेशागत अगमवक्ता होइन र म राजाको अगमवक्ता होइन। म एउटा गोठालो हुँ अनि अन्जीर र नेभाराका रूखहरू रूँग्ने मानिस हुँ। परमप्रभुले मलाई भेंडा़-बाख्राहरू चराउँदै गर्दा ठाउँबाट बोलाउनु भयो अनि भन्नु भयो, ‘जा मेरा मानिसहरू इस्राएललाई अगमवाणी गर।’


